नयाँ बर्षमा एनएमबि बैंकको अफरै अफर, ब्राण्डेड स्टोरमा समान किन्दा २० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहक केन्द्रित नयाँ योजना प्रस्तुत गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै विभिन्न ब्राण्डेड स्टोरहरुमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गर्ने भएको छ । यस विषयमा दराजसंग द्विपक्षीय समझदारी भएको हो ।

उक्त छुटहरुको लागि बैंकले दराजसंग सहकार्य गरेको छ । जसमा एनएमबिका डेविट कार्डबाहक ग्राहकहरुले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिशत वा रु. १,००० सम्म र क्रेडिट कार्ड धारक ग्राहकहरुले २० प्रतिशत वा रु. १,५०० सम्म छुट पाउनेछन् ।

Advertisement

हालको प्रदुषण र कोभिडको परिवेशलाई समेत मध्यनजर गदै बैंकले भिसा कार्ड प्रयोगकर्ताको संख्या उल्लेख्य बृद्धि गर्ने तथा समुदाय स्तरमा सर्वसाधारण सबैले मूलधारको बैंकिङ महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याएको छ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


 

Advertisement

Advertisement