कर्पाेरेट राशिफलः यस्तो रहने छ वर्ष २०७८

Advertisement

नयाँ वर्ष २०७८ साल सामान्य रुपले हेर्दा बुधबारका दिन आरम्भ भएको देखिएता पनि मीन राशिबाट सूर्यदेव मेष राशिमा मंगलबार नै प्रवेश गर्ने भएकाले यस वर्ष मंगलबार नै आरम्भ भएको ज्योतिषीय गणनामा गणना गरिन्छ । त्यसैले राजाका रुपमा मंगल र मन्त्री ग्रहका रुपमा पनि मंगल ग्रह नै रहेका छन् । 

यस वर्ष प्रमादीनाम संवत्सर समाप्त भएर आनन्दनाम संवत्सर आरम्भ हुनु पर्ने भएता पनि आनन्द संवत्सर क्षय भएकाले राक्षस नाम संवत्सर सक्रिय रहने छ । त्यसैले समाजमा केही गम्भीरखाले नकारात्मक प्रवृत्तिको वृद्धि हुन पुग्ने छ । यस वर्ष मनसुन तथा वर्षाको सन्तुलन नहुने भएकाले खेती बालीका उत्पादनहरुमा नकारात्मक असर पर्न जाने छ । वातावरणीय प्रदुषणको असन्तुलन कायम रहने छ र यसको सिधा असर खेतिपाती तथा पशुजन्य क्षेत्रमा पर्ने छ भने रोग व्याधी आदीमा पनि यसको असर देखा पर्ने छ ।

Advertisement

राजनीति विषयलाई लिएर निकै बादविवाद र तनाव उत्पन्न हुने भएकाले त्यसको सोझो असर आर्थिक क्षेत्रमा पर्ने छ । राजनीतिक दल तथा नेताहरुमा एक आपसमा आरोप प्रत्यारोप बढ्ने छ भने गालि गलौजको मात्रामा व्यापक बृद्धि हुन पुग्ने छ । राजनीतिक शक्तिहरु र सुरक्षा निकायका बीच द्धन्द चर्कन पुग्ने छ । अर्थात यि निकायका बीचमा समन्वयको अभाव हुने छ । 

यस वर्ष अस्थिरता उत्पन्न हुने छ । अविश्वास र अराजकता उत्पन्न हुने भएकाले समाजमा नकारात्मक शक्तिहरु सल्बलाउन जाने छन् । समाजमा हिंसात्मक गतिविधिमा बृद्धि हुने छ । 
ब्यापारिक गतिविधिहरुका सूचक धेरै सकारात्मक बन्न सक्ने छैनन् । व्यवसायिक गतिविधिहरुले पूर्ण चलायमान हुने र पेशागत स्थिरताको अवस्था अझै आउन सक्ने छैन् । उपभोग्य वस्तुहरुको अस्वाभाविक मूल्य बृद्धि हुन पुग्ने छ । सूचना प्राविधि क्षेत्रमा भने चलायमान अवस्था रहने छ । वाणिज्य अर्थात कारोवारको क्षेत्र पूर्णतया संचालनमा आउन सक्ने छैन् । आयात निर्यातको क्षेत्र पनि पूर्ण गतिशिल हुन सक्ने छैन् । शिथिलता जारी रहने छ । व्यवस्थापकीय क्षेत्रमा कुनै सुधार आउने छैन् । शैक्षिक क्षेत्रमा समस्याहरु रही रहने छ । औषधी, कपडा, ठेक्कापट्टा, घर जग्गा जस्ता क्षेत्रमा भने सुधार देखिन्छ । साथै पेट्रोलिय पदार्थ, विषादी, केमिकल्स, श्रम आदी जस्ता क्षेत्रमा पनि सुधार हुने छ । पत्रकारिता क्षेत्रको विश्वसनीयतामा कमि आउने छ ।

धन सम्पत्ति तथा वित्तिय अवस्थालाई लिएर सर्वसाधारणहरुको जीवन निकै दबाबमा पर्ने छ । त्यसैले पारिवारिक कलह उत्पन्न हुने छ जसले पारिवारिक तनावका क्षणहरु बढाउने देखिन्छ । बोलीको प्रभाव नहुने र विश्वसनीय नहुने भएकाले अविश्वासको वातावरण उत्पन्न हुने छ । पेशागत अस्थिरताको दर बढ्ने छ । जसका कारण मानिसहरुमा निराशा बढ्ने छ । 

विश्वभर फैलिएको संक्रमण रोग २०७८ सालमा केही नियन्त्रित हुन पुग्ने देखिएता पनि यो पूर्ण रुपमा यो नियन्त्रणमा आउने छैन् । विश्वले यससँग संघर्ष गरि रहनु पर्ने छ । यसले आर्थिक क्षेत्रलाई संकुचित पारि रहने छ । आयात निर्यात र हवाई उड्ययन क्षेत्र संकुचित अवस्थाबाट गुज्रनु पर्ने देखिन्छ । शेयर बजार चलायमान रहने भएता पनि यसको बृद्धि यस वर्षमा निरन्तर नभई ओरालोतर्फ पछ्याउन पुग्ने छ । सूचना प्रविधि क्षेत्र चलायमान रहने छ । यस क्षेत्रको कारोबार बृद्धितर्फ जाने छ । विज्ञान प्रविधिको क्षेत्रमा आधारित कारोवार पनि सकारात्मक दिशामा लम्कने छ ।

सर्वसाधारणमा स्वास्थ्य समस्या बढ्न जाने भएकाले अस्पतालजन्य खर्च बढ्न पुग्ने छ । मानिसहरुले आम्दानीका विषयमा बनाउने लक्ष्य प्राप्तिमा कठिनाई हुने छ भने थोरै मात्र प्राप्ति हुने छ । 

गाडि, सवारीसाधन तथा भोग विलासजन्य क्षेत्रको कारोवार अपेक्षाकृत बढ्न सक्ने छैनन् । त्यसैगरी डान्स, बार, मदिराजन्य क्षेत्र पनि चलायमान हुन सक्ने छैनन् । पर्यटन क्षेत्रमा अलिअलि सुधार देखिने छ भने अधिकांशतः यस क्षेत्र कठिनाईबाट नै गुज्रनु पर्ने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement