वायुसेवा निगमको बजेटमा प्रस्तावः महामारी कम भएपछि आगामी वर्ष ६ वटा नयाँ जहाज किनौं

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले बजेटमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा ६ वटा नयाँ जहाज किन्ने प्रस्ताव सरकारसमक्ष गरेको छ । निगमले आगामी आवको बजेटका लागि गरेको यस्तो प्रस्तावमा आगामी वर्ष कोरोना संक्रमण न्यूनीकरण हुँदै गएपछि निगमका लागि अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने दुई र आन्तरिक उडानका लागि चारवटा गरी ६ वटा जहाज किन्नुपर्ने माग गरेको छ । निमग निजी वायुसेवासँग प्रतिस्पर्धी बन्न र क्षमता विकास गर्दै जान पनि थप जहाज किन्ने व्यवस्था मिलाइदिन बजेट सुझावमाफर्त माग गरेको निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल (प्रकाश)ले जानकारी दिए ।

उनले भने ‘अहिले कोरोना संक्रमण फैलिरहेको र न्यूनीकरण गर्न सरकारले प्रयास गरिरहेको भएपनि महामारी सधै रहँदैन् । विस्तारै न्यूनीकरण हुँदै जाने र आगामी आर्थिक वर्षको अन्त्यमा भने ६ वटा जहाज खरिदको गर्ने गरी आवश्यक बजेट व्यवस्थापन गरिदिन माग गरिएको छ ।’ निगमलाई प्रतिस्पर्धी र व्यवसायिक बनाउन आन्तरिक र अन्तर्राष्ट्रिय दुबै गन्तव्यमा थप जहाज आवश्यक पर्ने भएकाले अहिलेदेखि नै तयारी गर्दै गरेको अवस्थामा महामारी न्यूनीकरण भएपछि आवश्यक पूर्वाधार तयार भइसक्ने बुझाइ पौडेलको छ ।

Advertisement

निगमले अन्तर्राष्ट्रिय उडानको लागि हाल प्रयोग भइरहेको एयरवसको ए३२०-२०० सिरिजको १५८ सिट क्षमता सरहको दुईवटा न्यारोबडी र आन्तरिक उडानलाई चारवटा जहाज  किन्नुपर्ने माग गरेको छ । आन्तरिक उडामा भने दुईवटा दुर्गम क्षेत्र उडान गर्ने ट्वीनअटर वा सो सरहको क्षमता भएको जहाज खरिनुपर्ने माग गरेको  छ । अर्को दुईवटा आन्तरिक उडानको लागि भने हाल निजी क्षेत्रले प्रयोग गरे अनुसारका जहाज ल्याएर सुगम क्षेत्रमा उडान गर्नुपर्ने प्रस्ताव गरेको पनि निगमका महाप्रवन्धक पौडेलले कर्पोरेट नेपाललाई बताए । निगमसँ हाल अन्तर्राष्ट्रिय उडानमा चारवटा जहाज छन् । यसमध्ये दुईवटा न्यारोवडी र दुई वटा वाइडवडी जहाज छन् । आन्तरिक उडानमा भने दुई वटा ट्वीनअटर मात्रै छ ।

निगमले नीति तथा कार्यक्रममै वायुसेवा निगमको क्षमता अभिवृद्धि गराउने र निगमलाई पुनरसंरचना गराउने, कोभडले पारेको प्रभाव न्यूनीकरण गर्न विशेष राहतको प्याकेज उपलब्ध गराउने प्रस्ताव समावेश गरिदिन पनि माग गरेको छ । हवाई इन्धनको मूल्य समायोजना गराउन र नेपालबाट हुने सरकारी पदाधिकारीको विदेश यात्रामा अनिवार्य रूपमा निगमकै जहाज प्रयोग गर्ने विषयलाई सम्बोधन गरिदिन पनि निगमले सरकारले तयारी गर्दै गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्याक्रमको लागि प्रस्ताव गरेको छ । 

Advertisement

Advertisement