सेन्ट्रल फाईनान्सको १५औं शाखा ईटहरीमा

काठमाडौँ । सेन्ट्रल फाईनान्स लिमिटेडले प्रदेश १ को सुनसरीको ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसंगै ईटहरी र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने फाईनान्सले विश्वास लिएको छ । 

२०५४ साल बैशाखदेखि सञ्चालनमा रहेको यस वित्तीय संस्थाको २०७७ चैत्र मसान्तसम्ममा चुक्ता पूँजी रु. ८८ करोड १० लाख, निक्षेप रु. ५ अर्ब २६ करोड ६१ लाख र कर्जा लगानी रु. ३ अर्ब ८७ करोड ८३ लाख रहेको छ ।

ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको काठमाण्डौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान, सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा, धनुषाको जनकपुर गरी १२ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप प्रदेश १ कै झापाको बिर्तामोडमा थप शाखा खोल्ने तयारी रहेको छ । 

संस्थाले एटीएम, एसएमएस बैंकिङ, ईसीसी, आईपीएस÷कनेक्ट आईपीएस, विभिन्न विप्रेशन रेमिट्यान्स तथा सीएएसबीए सेवाहरु जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको तथा छिट्टै मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न फाइनान्सका सीईओ लागेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रजोजमान श्रेष्ठले जनाएका छन् । 

साथै, व्यक्तिगत खाताको लागि रु.३ लाखसम्मको निक्षेप बीमा गरिएको छ । संस्थाले ललितपुरको कुपण्डोलमा निर्माण गरेको आफ्नै नयाँ कर्पोरेट भवनबाट छिट्टै नै वित्तीय कारोबार प्रारम्भ गर्न लागेको जनाएको छ ।