बुद्ध एयरको पोखराबाट नेपालगञ्जको उडान साउन १७ देखि, सातामा तीन उडान हुने

Advertisement

काठमाडौं । बुद्ध एयरले पोखराबाट नेपालगन्जमा सिधा उडान सुरु गर्ने भएको छ । काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गर्न बुद्धले आगामी १७ साउन (१ अगस्ट)देखि पोखराबाट नेपालगञ्जको सिधा उडान गर्ने छ । यस्तो उडान सुरुवातमा साताको तीन दिन हुने छ । यस्तो उडान आइतबार, बुधबार र शुक्रबार उडान गर्ने छ। उडान सुरु गरेको केही समयपछि यात्रुको माग अनुसार बुद्ध एयरले यो गन्तव्यमा दैनिक उडान गर्ने योजना पनि बनाएको जानकारी दिएको छ ।

यस उडानबाट दुबै उपमहानगरपालिकाका जनता लभान्वित हुनेछन् । उडानबाट यी दुबै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए । जोशीका अनुसार नेपालगञ्जबाट केही घण्टाको दुरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतिर पनि पर्यटकीय गतिविधि बढाउन यस्तो उडान सहयोग हुने छ ।

Advertisement

नेपालगञ्जका वासिन्दा पनि पर्यटकीय सहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन उक्त उडान प्रयोग गरेर आउन जान सक्ने पनि बुद्ध एयरको भनाइ छ । यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय सहरहरू लखनउ, कानपुरसहितका गन्तव्यका पर्यटक आकर्षित गर्न सकिने पनि बुद्ध एयरले शुक्रबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहररू समेत सञ्चालन गर्नेछ । बुध्द एयर संक्रमणरहित उडानका लागि प्रतिवद्ध छ । कम्पनीले सुरुकै दिनदेखि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई तालिम, पीपीई प्रदान, बीमा र त्यसै अनुरुपको हवाईसेवा दिइरहेको छ ।  बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज तीन वटा र दुईवटा बीचक्राफ्ट जहाहरू छन् । 

Advertisement

Advertisement