नेपाल इन्स्योरेन्सका निमित्त सीईओ पोखरेललाई कर्मचारीले गरे स्वागत

Advertisement

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीका नवनियुक्त निमित्त प्रमुख कार्यकरी अधिकृत ईश्वर पोखरेललाई स्वागत तथा बधाइ ज्ञापन गरिएको छ । 

कर्मचारी संघका अध्यक्ष भीमप्रसाद घिमिरे तथा अन्य पदाधिकारीहरुले आज उनलाई स्वागत तथा बधाई ज्ञापन गरेका हुन् । 

Advertisement

उक्त अवसरमा कर्मचारीहरुबाट पूर्ण सहयोग र समर्थनको प्रतिवद्घता ब्यक्त गरिनुको साथै नि.प्रमुख कार्यकारी अधिकृतले कर्मचारीहरुको वृत्तिविकास र सुविधा वृद्धिमा आफु अत्यन्त सकारात्मक रहेको बताए । 

कम्पनीको ब्यवसाय वृद्धिलाई  केन्द्र विन्दूमा राखी ब्यवस्थापन र कर्मचारीहरु एक जुट भई अगाडि बढ्नु पर्ने बताए । 

Advertisement

Advertisement