नाडाको नयाँ नेतृत्व चयनका लागि भदौ २५ गते चुनाव हुने

Advertisement

काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल(नाडा) को नयाँ नेतृत्व चयनका लागि भदौ २५ गते चुनाव हुने भएको छ । 

नाडाको आज सम्पन्न कार्यसमितिको बैठकले उक्त मिति तय गरेको अध्यक्ष कृष्ण दुलालले जानकारी दिए । नाडामा हाल ३३६२ जना सदस्य रहेका छन् । 

Advertisement

नयाँ नेतृत्वका लागि सीजी होल्डिङ्सका कार्यकारी निर्देशक तथा सिजी मोटोकर्पका निर्देशक करण चौधरीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन् । त्यसैगरी अध्यक्षमा ध्रुव थापाले समेत उम्मेवादी दिने बताएका छन् । नयाँ नेतृत्वका लागि सहमतिको प्रयास जारी रहेको अध्यक्ष दुलालले बताए ।

नाडाको ४४औं बार्षिक साधारण सभा २०७७ फागुन २१ गते सम्पन्न भएको थियो ।  

Advertisement

Advertisement