हातहातमा स्मार्ट फोनले डिजिटल कारोबारमा आकर्षण, रोजाइमा वालेट कि मोबाइल बैंकिङ ?

Advertisement

काठमाडौं । इन्टरनेटको पहुँच विस्तार हुँदै गएको र नेपालीको हातहातमा स्मार्टफोन पुगेका कारण प्रविधिको प्रयोग बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा असार २०७८ सम्ममा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या तीन करोड पुगेको छ । यसमध्ये मोबाइल ब्रोडब्याण्डको हिस्सा नै ७६ प्रतिशत रहेको छ ।

मोबाइलबाट फोरजी डाटा प्रयोग गर्ने, बैंकहरूले प्रविधिको प्रयोग बढाउन मोबाइल बैंकिङ प्रयोगलाई प्रवद्र्धन गर्ने र पछिल्लो समय स्थापित भएका वालेटका कारण डिजिटल कारोबारमा आकर्षण बढ्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागले सार्वजनिक गरेको असारसम्मको तथ्यांक अनुसार ८८ लाख वालेट प्रयोगकर्ता पुगेका छन् । नेपालमा एक वर्षमा वालेटका प्रयोगकर्ता २६ लाखले बढेको छ ।

Advertisement

हाल नेपालमा २८ वटा वालेट रहेका भएपनि ग्राहक सेवा र बजार हिस्साका दृष्टिले ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे, सेल पेसहितका वालेट अग्रणी स्थानमा छन् । यी वालेटकर्ताबाट मासिक १२ अर्ब रुपियाँको कारोबार हुन थालेको छ । यस्तो कारोबार एक वर्षमै पाँच अर्ब रुपियाँले बढेको छ ।

यस्तो बैंकहरूले ग्राहक आकर्षण गर्न मोबाइल बैंकिङ प्रयोगमा जोड दिएका कारण यसका प्रयोगकर्ता पनि उल्लेख्य रूपमा बढेको छन् । एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ता २७ लाखले बढेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताबाट मासिक ७३ अर्ब रुपियाँको डिजिटल कारोबार हुने गरेको छ । यस्तो कारोबार एक वर्षमै ५५ अर्ब रुपियाँले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा डिजिटल वालेट प्रयोकर्ता बढेको देखिएपनि सक्रिया प्रयोकर्ता भने न्यून रहेको खल्ती वालेटका निर्देशक अमित अग्रवाल बताउँछन् । उनका अनुसार हाल वालेट प्रयोगकर्ता तथ्यांकमा ८८ लाख देखिएपनि वालेट डाउनलोड गरेका र दर्ता भएका मात्रै हुन् । यसमध्ये सक्रिया प्रयोगकर्ता सबै वालेटको गरी करिब १० लाख मात्रै रहेको दाबी अग्रवालको छ । नेपालको डिजिटल कारोबारमा हाल जम्मा ५ प्रतिशत मात्रै हिस्सा वालेट तथा मोबाइल बैंकिङमार्फत भएको छ भने बाँकी ९५ प्रतिशत बजारमा अझै पुग्न बाँकी भएको अग्रवाल बताउँछन् । 

राष्ट्र ब्यांकले ६ असार २०७४ बाट मोबाइल वालेटलाई अनुमति दिन थालेको हो ।  नेपालमा लकडाउनको समयसम्ममा जम्मा नौ वटा वालेट मात्रै थिए भने चैत २०७७ सम्ममा राष्ट्र बैंकबाट अनुमति लिएका र हाल नेपालमा सञ्चालन तथा सञ्चालन तयारी गरिरहेका वालेटको संख्या २८ वटा पुगेको छ । यी मध्ये अधिकांशको ग्राहक संख्या तीन लाख मुनि र कारोबार रकम ६ लाख पनि पुगेका छैनन् । यी वालेटले कारोबार बढाउँदै लगेका छन् । कुनै सेवाप्रदाय भने एउटैको यस्तो ग्राहक संख्या ४० लाख भन्दा बढी भएको दाबी पनि गरेका छन् । अनुमति लिएर बसेका आधारमा वालेटको संख्या धेरै देखिएको भएपनि ग्राहक संख्या र सेवामा सक्रिय उपस्थिति देखाउन सक्नेमा सिमित कम्पनी मात्रै छन् ।

वालेटको जति विस्तारित रूपमा प्रस्तुत हुँदै छन्, त्यति मोबाइल बैकिङको चुनौति पनि बढेको देखिन्छ । हाल २७ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक र विभिन्न फाइनान्स कम्पनी सबैको आआफ्नै मोबाइल बैंकिङ छ । राष्ट्र बैंकले वित्त कम्पनीलाई पनि मोबाइल बैंकिङको प्रयोग गर्न अनुमति दिने भएको छ । सहकारीसम्मले मोबाइल बैकिङको प्रयोग गर्दै छन् । यसरी हेर्दा वालेटलाई मोबाइल बैंकिङ पनि चुनौति बनिरहेका छन् । पछिल्लो समय वालेटले दिएको अधिकांश सुविधा मोबाइल बैकिङले पनि दिइरहेका छन् । जसका कारण वालेटलाई सेवा विस्तारका लागि नयाँ नयाँ क्षेत्र खोज्नुपर्ने दबाब बढेको छ । 

लघुवित्त र सहकारीलाई पनि मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न दिने नयाँ नीतिका कारण गाउँगाउँसम्म डिजिटल भुक्तानी सेवा पुग्ने अपेच्छा छ । नेपालमा सहकारी संस्थाको संख्या ३० हजारभन्दा बढी रहेका छन् । यीमध्ये केही हजारले मात्रै मोबाइल बैंकिङ सेवा दिन सके मात्रै पनि लाखौ प्रयोगकर्ता डिजिटल कारोबारमा जोडिने अवस्था बन्नसक्छ । 

वालेटको तुलनामा मोबाइल बैंकिङका ग्राहक तुलनात्मक रूपमा बढि छन् । मोबाइल बैंकिङका लागि हालसम्म ५४ वटा बैंक तथा वित्तीयले क्यूआर कोडसहितको सेवा दिएका छन् । यस्तो सेवा दिनेमा ईसेवाकै भगिनी कम्पनी एफवान सफ्टले बनाएको यस्तो प्रविधि अग्रपंक्तिमा छ ।सूचना–प्रविधिको उपयोग र ग्राहक सेवालाई सहजीकरण गर्दै जाने क्रममा बैंक तथा वित्तीय संस्थाले डिजिटल बैंकिङमार्फत दिएको सेवा वालेटका लागि चुनौति पनि बढेको देखिन्छ । विभिन्न बैकको एप प्रयोग गरेर एकले अर्कोमा पैसा पठाउने, वस्तु र सेवाको शुल्क तिर्नेसहितको सुविधाले वालेटलाई चुनौति थपिएको हो ।

बैंक र वालेट कम्पनी दुवैले दिने सेवा उस्तै हो । तर, वालेटले सा–साना कारोबारमा केन्द्रित हुने र धेरै क्षेत्रसँग सहकार्य गर्दै सुविधा जोड्दै जाने गरेका छन् । बैंकको काम बढि कोर बैंकिङ भित्रै हुन्छ । बैंक नपुगेका ठाउँमा पनि पुग्ने वालेटहरूको प्रयास रहँदै आएको खल्तीका निर्देशक अग्रवाल बताउँछन् ।

पछिल्लो समय वालेटले दिएको सुविधा सबै मोबाइल बैकिङले नै दिइरहेका छन् जसका कारण वालेटलाई साना साना कारोबार गर्न र नयाँ नयाँ क्षेत्र खोज्न र स्थापित बनाउन चुनौति भइरहेको छ ।

वालेटको तुलनामा मोबाइल बैंकिङका ग्राहक बढि छन् । मोबाइल बैंकिङका लागि हालसम्म ५४ वटा बैंक तथा वित्तीय संस्थाले क्यूआर कोडसहितको सेवा दिएका छन् । यस्तो सेवा दिनेमा र्ईसेवाका भगिनी कम्पनी एफवान सफ्टले बनाएको प्रविधि अगाडि छ । अहिले बैंक वित्तीय संस्था र वालेट कम्पनीले धेरै क्षेत्रसँग सहकार्य गर्दै सुविधा दिइरहेका छन् ।

Advertisement

Advertisement