बढ्दो छ क्यूआर भुक्तानीः मासिक ४२ अर्ब बराबरको कारोबार, १०७ प्रतिशतको बृद्धि

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो आठ महिनामा क्विक रेस्पोन्स (क्यूआर) कोड स्कान गरेर दुई खर्ब ८५ अर्ब ७४ करोड २० लाख रुपियाँ भुक्तानी भएको छ । 

नेपाल राष्ट्र बैंककबाट प्राप्त साउनदेखि फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधीमा क्यूआर कोर्डमार्फत गरिने भुक्तानी १०७ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म एक खर्ब ३८ अर्ब २४ करोड ५० लाख रुपियाँ भुक्तानी भएको थियो । 

Advertisement

चालु आवको पहिलो आठ महिनामा गत बर्षको सोही अवधिमा भन्दा एक खर्ब ४७ अर्ब ४९ करोड रुपियाँ बढी रकम क्यूआरको माध्यमबाट भुक्तानी भएको छ । तथ्यांकअनुसार पछिल्लो समय मासिक तथा बार्षिक रुपमै क्यूआर भुक्तानी बढ्दो क्रममा देखिन्छ । 

डिजिटल भुक्तानीमा क्यूआरमा आधारित भुक्तानी निकै सहज मानिन्छ । क्यूआर स्कान गरेपछि रकम प्राप्त गर्ने खाताको आवश्यक विवरण स्वतः रुपमा देखापर्छ, व्यक्तिले आफै ‘टाइप’ गर्न पर्दैन । त्यसले गर्र्दा यसको प्रयोग निकै सहज मानिन्छ । त्यसले गर्दा पनि यसको प्रयोग बढ्दै गएको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । 

अहिले क्यूआरबाट मासिक ४२ अर्ब रुपियाँसम्म भुक्तानी हुने गरेको छ । बढी प्रयोग गरिने डिडिटल भुक्तानीका उपकरणहरु (मोवाइल बैंकिङ, वालेट, आईपीएस)मा क्यूआर भुक्तानीको सुविधा रहेको छ । त्यसमा आफ्नै क्यूआर समेत हुन्छ । यसबाहेक होटल, किराना पसल, कार्यालय, सपिङ स्टोर, सुपर मार्केट जस्ता व्यवसायीले पनि भुक्तानी लिन क्यूआर कोड राख्ने गरेका छन् । 

धेरैतिर सुविधा भएपछि आम ग्राहकले पनि कुनै बस्तु तथा सेवा खरिद गर्दा र व्यक्तिगत कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्ने प्रचलन बढेको राष्ट्र बैंकको तथ्यांकले नै पुष्टी गरेको छ । हाल नेपालमा फोन पे, नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल टेलिकमले भुक्तानी प्राप्ती गर्ने क्यूआर कोड क्रियट गर्दै आएका छन् । 

अहि तथ्यांकअनुसार चालु आवको फागुनमा मात्रै ४२ अर्ब ५६ करोड रुपियाँ बराबरको भुक्तानी क्यूआरबाट हुने गरेको छ । गत आवको फागुनमा भने २० अर्ब ७७ करोड ६० लाख रुपियाँ बराबरको भुक्तानी क्यूआरबाट भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
 
फागुनमा ५१ खबए ६७ अर्बको डिजीटल कारोबार, कुन माध्यमबाट कति ? 
राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनमा मात्रै डिडिटल माध्यमबाट ५१ खर्ब ६७ अर्ब ७७ करोड रुपियाँ भुक्तानी भएको छ । त्यसमा सबै भन्दा धेरै आरटीजीएसमार्फत हुने गरेको छ । फागुनमा मात्रै आरटीजीएसमार्फत ३४ खर्ब ५३ अर्ब ७४ करोड रुपियाँ भुक्तानी भएको छ । 

यसैगरि मोवाइल बैंकिङबाट दुई खर्ब ९१ अर्ब ९५ करोड रुपियाँ भुक्तानी भएको छ । यसका अलावा वालेटबाट २४ अर्ब २ करोड बराबरको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

undefinedundefined

Advertisement

Advertisement