ललितपुर उद्योग वाणिज्य संघले गर्यो बजेट र यसका प्रभावबारे अन्तरक्रिया

Advertisement

काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघको राजश्व समितिले आर्थिक वर्ष २०७८/७९ को बजेट र यसले पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

ललितपुरका उद्योग वाणिन्य संघका मनोजबहादुर न्याछ्योंको अध्यक्षता तथा ललितपुर उपमहानगरपालिकाका उपमेयर तथा राजश्व समितिका संयोजक गीता सत्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जन, अर्थविद् डा. चन्द्रमणि अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, आन्तरिक राजश्व कार्यालय ललितपुर १ का प्रमुख कर अधिकृत जीवनकुमार घिमिरे, ललितपुर २ का प्रमुख कर अधिकृत निरज भट्टराई र ललितपुर महानगरका राजश्व प्रमुख प्रेम थापा लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष महर्जनले प्रतिस्थापन बजेट र यसले व्यवसायिक क्षेत्रमा पार्ने प्रभाव बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले व्यसायिक क्षेत्रले स्वागत गरेको आव २०७८/७९को प्रतिस्थापन बजेट र करको दर, कर असुलीमा केन्द्रित बजेट, कोभिड १९ को कारणले थला परेका उद्योग व्यवसायलाई राहत र व्यवसायिक क्षेत्रका अपेक्षाबारे प्रकाश पारेका थिए । 

कार्यक्रम ललितपुर उद्योग वाणिज्य संघका महासचिव पूर्णबहादुर महर्जनले सञ्चालन गरेका थिए । 


 

Advertisement

Advertisement