उचालिएर बढाएका सात वाणिज्य बैंकको ब्याजदर घट्दै, अब कुनको कति ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि अब वाणिज्य बैंकहरूले कात्तिक महिनाको लागि लागू गर्ने निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा कम हुने भएको छ । राष्ट्र बैंकले अघिल्लो महिना प्रकाशित गरेको ब्याजदरमा अधिकतम १० प्रतिशतसम्म मात्रै थप गर्न पाइने गरी मंगलबार निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनपछि बुधबार नै ब्याजदर परिमार्जन गर्नुपर्ने र शुक्रबारसम्ममा दैनिक पत्रिकामा सार्वजनिक सूचना नै प्रकाशन गरिसक्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले कात्तिक ३ (बुधबार)भित्रै कात्तिकको लागि सार्वजनिक गरेको १० प्रतिशतभन्दा बढीको ब्याजदरलाई पनि परिवर्तन गर्नुपर्ने कडा निर्देशन दिएको छ । कात्तिकको लागि सार्वजनिक भएको र परिमार्जन गरिएको उक्त ब्याजदर ५ गतेभित्रै पत्रिकामा सार्वजनिक गर्नुपर्ने निर्देशनपछि अब सबै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १० प्रतिशत भन्दा कम हुने भएको छ ।

Advertisement

गत महिना सनराइज बैंकले १०.०७ प्रतिशत ब्याज दिने गरी सूचना जारी गरेको थियो । राष्ट्र बैंको निर्देशनपछि यो बैंकले मात्रै एक प्रतिशत ब्याजदर थप गरेर ११.०७ प्रतिशत पुराउन पाउने छ । तर यो बैंककले कात्तिकको लागि ब्याजदर घटाएर ८.५० प्रतिशतमा झारिसकेको छ ।

असोज महिनामा अन्य वाणिज्य बैंकहरू सबैको ब्याजदर १० प्रतिशतभन्दा कम भएकोले सोही महिनाको आधारमा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर बढाउन पाइने हुँदा हाल १० प्रतिशत भन्दा माथि पुराएका बैंकहरूको ब्याजदर पनि आज बुधबार देखि नै घट्ने भएको छ ।

अघिल्लो महिना मात्रै ब्याजदर बढाएका बैंकहरूले अपेक्षा अनुसार निक्षेप तान्न नसकेपछि एक महिनामै निक्षेपको ब्याजदर दोहोरो अंकमा पुराएका थिए । ब्याजदर बढाउने बैंकहरुको पनि अब घट्ने भएको छ । वाणिज्य बैंकहरूले १ कात्तिकदेखि लागू हुनेगरी सार्वजनिक गरेको ब्याजदर सातवटा वाणिज्य बैंकहरूको दोहोरो अंकमा पुगेको थियो । बैंकहरूले प्रकाशित गरेको ब्याजदरसम्बन्धी विवरण अनुसार हिमालयनको ११.६७ प्रतिशतसम्म  पुराएको थियो ।

यसको गत महिना असोजमा ९ प्रतिशतसम्म मात्रै ब्यजादर भएकोले अब यसको ब्याजदर घटेर राष्ट्र बैंकको निर्देशन अनुसार अब हिमालयन बैकले ०.९ प्रतिशत मात्रै ब्याजदर थप गरेर अब ९.९ प्रतिशत मात्रै कायम गर्न पाउँछ ।

एनआईसी एशियाको निक्षेपको ब्याजदर ११.१० प्रतिशतसम्म व्याजदर दिने भनेको थियो यसको पनि ब्याजदर अब यसले पनि गत महिनाको ८.६० प्रतिशतसको ब्याजदरमा ०.८६ प्रतिशतसम्म मात्रै थप गरेर ९.४६ प्रतिशतसम्म मात्रै ब्याजदर लिन पाउने गरी राष्ट्र बैंकले निर्देशन दिएको छ ।

लक्ष्मी बैंकले पनि ११.०५ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको थियो । यसको पनि गत महिना असोजमा ९ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेको छ । यसले पनि अब जम्मा ०.९ प्रतिथ थप गरेर ९.९ प्रतिशत मात्रै ब्याज लिन पाउने छ ।

नेपाल बंगलादेशले १०.२८ प्रतिशतसम्मको ब्याजदर दिने भनेको यसको पनि ब्याजदर घट्ने भएको छ । यो बैंकले गत महिना असोजमा ८.७६ प्रतिशतसम्मको ब्याजदर कायम गरेकोेले यसले पनि कात्तिकको लागि अब जम्मा ०.८७ प्रतिशत ब्याज थप गरेर ९.६३ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउने व्यवस्था राष्ट्र बैंकको निर्देशनपछि भएको छ ।

सिभिल बैंकले १०.११ प्रतिशतसम्म ब्याजदर कात्तिकको लागि दिने भनेमा अब यसले पनि असोजकै ९.२५ प्रतिशतमा १० प्रतिशत थप गरेर १०.१७ प्रतिशतसम्म ब्याज दिन पाउने छ । यस्तै सिद्धार्थले १०.३ प्रतिशतसम्म दिने भनेको यसले पनि असोजको ९.०५ को तुलनामा ९.९५ प्रतिशतसम्म मात्रै ब्याज दिन पाउँछ ।

यस्तै एनसीसी बैंकले पनि १० प्रतिशतसम्म ब्याजदरको दिने भनेको थियो यो बैंकले पनि असोजको ९.२६ प्रतिशसम्मको ब्याजमा ०.९२ प्रतिशतसम्म थप गरेर बढीमा १०.१८ प्रतिशतसम्म ब्याज दिन पाउने भएको छ ।

अन्य वाणिज्य बैंकहरूको असोजमा १० प्रतिशत भन्दा कम ब्याजदर भएको र यी बैंकहरूलदे कात्तिको लागि पनि १० प्रतिशत भन्दा कम दिने भनेका छन् । अरु बैंकहरूले पनि कात्तिकमा जारी गरेकै वा असोजको ब्याजदरमा १० प्रतिशत थप गर्न पाउने भएका छन् ।

वाणिज्य बैंकहरूले असोजका लागि सार्वजनिक गरेको ब्याजदर अब कात्तिकको लागि यसैमा १० प्रतिशत मात्रै थप गर्न पाइने छ ।

S.N. Bank FD Rate of Ashwin
1 Sunrise Bank                       10.07
2 Prime Bank                         9.75
3 Mega                         9.55
4 NMB                         9.52
5 Sanima                         9.51
6 Global Ime                         9.50
7 NCC bank                         9.26
8 Nabil Bank                         9.26
9 Century Bank                         9.25
10 Civil Bank                         9.25
11 Siddhartha Bank                         9.05
12 Himalayan Bank                         9.00
13 Nepal Investment Bank                         9.00
14 Laxmi bank                         9.00
15 BOKL                         8.77
16 Nepal Bangladesh Bank                         8.76
17 Machapuchhre Bank                         8.75
18 NIC Asia                         8.60
19 SBI                         8.55
20 Everest  Bank                         8.50
21 Pravu bank                         8.25
22 Kumari                         8.15
23 Rastriya Banijya Bank                         8.06
24 Nepal Bank Limited                          8.05
25 Citizens Bank                         8.00
26 ADBL                         8.00
27 Standard Chartered                         7.50

राष्ट्र बैंकको निर्देशन

सात वाणिज्य बैंकमा निक्षेपकै ब्याजदर दोहोरो अंक नाघ्यो, कुनको कति ?

ब्याजदर उफ्रिएर माथि गइरहँदैन, राष्ट्र बैंकले सुक्ष्म निगरानी गरिरहेकै छ: प्रवक्ता ढकाल

बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको कडा निर्देशन-‘ब्याजदर तत्कालै परिमार्जन गर्नू’

Advertisement

Advertisement