लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित

Advertisement

काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित भएका छन् । 

संघको शुक्रबार सम्पन्न १५ वार्षिक साधारण सभाबाट शर्मा अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । उनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् । 

Advertisement

त्यसैगरी संस्थाको उपाध्यक्षमा मिनबहादुर बोहरा, महासचिवमा रामबहादुर यादव, कोषाध्यक्षमा प्रेमबहादुर पाठक र सचिवमा केशव पौडेल चयन भएका छन् । 

त्यसैगरी सदस्यहरुमा बिमला योगी, प्रबिनकुमार लामा, गंगाधर पाण्डे, बद्रि दुलाल, श्रीराम पोखरेल र बिनोद आचार्य चयन भएका हुन् । 

यसैबीच संस्थाका अध्यक्ष बसन्तराज लम्सालको अध्यक्षता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा एक समारोहका बीच वार्षिक साधारण सभा सम्पन्न भएको थियो । साधारण सभाबाट महासचिव रामबहादुर यादवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र  कोषाध्यक्ष नुमनाथ पौडलले प्रस्तुत गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो ।  

  
 

Advertisement

Advertisement