सामलिङ पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नु भयो ?

Advertisement

काठमाडौँ । सामलिङ पावर कम्पनीको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कात्तिक ४ गतेदेखि  निष्काशन खुला भएको आईपीओमा आज कात्तिक ८ गते कार्यालयसमय भित्र आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले जनाएको छ ।  

उक्त कम्पनीले निष्काशन खुला गरेको कल ७ लाख ३० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

Advertisement

प्रतिकित्ता रु. १०० अंकित आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन पाइने छ । सर्वसाधारणका लागि छुट्याइएको ६ लाख ७८ हजार ९ सय कित्ता ६७ हजार ८ सय ९० जनाले १० कित्ताका दरले पाउने छन् । पछिल्लो समय आईपीओमा २३–२४ लाख जनाले आवेदन दिने गरेको अवस्थामा यस कम्पनीको आईपीओमा पनि १० कित्तामात्रै आवेदन दिंदा हुन्छ ।   

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरमा १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन अनुमति पाएकोमा ५ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरुका लागि बिक्री गरिसकेको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीको लागि निष्काशन गरेको साधारण सेयर असोज २० गते बाँडफाँड गरिएको थियो । 

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९।५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । 

Advertisement

Advertisement