नेपाल टेलिकमको आम्दानी एक अर्बले बढ्यो, तीन महिनामा कमायो पौने १० अर्ब

Advertisement

काठमाडौं । नेपाल टेलिकमको आम्दानी गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब १३ करोड ९९ लाख रुपियाँले बढेको छ । टेलिकले गत आवाको पहिलो त्रैमासमा आठ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपियाँ कुल आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा  एक अर्ब १३ करोड ९९ लाख ५४ हजार अर्थात १३.२ प्रतिशत ले वढेर नौ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपियाँ पुगेको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले गत आवको प्रथम त्रैमासिक २०७७÷७८ को आश्विन मसान्तसम्मको कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेको थियो । यस्तो आय चालू आवको सोही अवधि २०७८/७९ को आश्विन मसान्तमा कुल आय ८४ करोड ७८ लाख ७१ हजार रुपियाँ अर्थात ८.३९ प्रतिशतले बढेर १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपियाँ पुगेको पनि उल्लेख छ । 

Advertisement

टेलिकमले गत आवमाको पहिलो त्रैमासमा गरेको खुद मुनाफा एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेको थियो । यसतो नाफा चालू आवको सोही अवधिमा ७४ करोड २१ लाख ३४ हजार रुपियाँ  ४८.९० प्रतिशतले बढेर दुई अर्ब २५ करोड ९९ लाख ४ हजार रुपियाँ पुगेको पनि उल्लेख छ ।

गत आवको पहिलो त्रैमासिक अवधिको तुलनामा चालू आवको प्रथम त्रैमासमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक हुनुका प्रमुख कारणहरुमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार बृद्धि भएको छ । मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवासहितको उपयोगमा उल्लेख्य वृद्धि हुन भएको छ ।

कम्पनीको फाइवर टु दि होम (एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षणमा बढेको छ ।यो सेवा वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपी टीभी सेवाका ग्राहकहरु वृद्धि भएको र फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको टेलिकमले उल्लेख गरेको छ ।

महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले सेवा उपयोगमा वृद्धि भएको पनि टेलिकमले उल्लेख गरेको छ ।
    
 

Advertisement

Advertisement