मौद्रिक नीतिको समीक्षामा चेम्बरको असन्तुष्टी, ‘यस्तो पाराले समस्या समाधान हुँदैन’

Advertisement

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सम्वन्धमा नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ ।   

मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत यथावत राखी २०७९ असार मसान्त सम्ममा निर्धारित सिमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र वैंक समक्ष  प्रस्तुत गर्ने व्यवस्था आएको छ । यसले तरलताको दीर्घकालीन समस्याको समाधान नगर्ने चेम्बरको प्रतिक्रिया छ । 

Advertisement

तरलता व्यवस्थापनका लागि सीसीडी रेसियो विगतका वर्षहरुमा झैं ८५ प्रतिशत कायम वा  सिडी रेसियोलाई ९५ प्रतिशत पुर्याउन पर्छ भन्ने चेम्बरको धारणा छ ।  

‘विदेशी विनिमय सञ्चितीको विद्यमान स्थितीलाई दृष्टिगत गरी तोकिएका बस्तुहरुको आयात पत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले आयातलार्ई नियन्त्रण गर्न खोजिएको भएतापनि आवश्यक र अत्यावश्यक बस्तुहरु नपरुन्’– चेम्बरको विज्ञप्तिमा उल्लेख छ ।  

चाँदी आयतका लागि अधिकतम ३५ हजार डलरको सीमाले गरगहनाको निर्यात, हस्तकला आदिको निर्यातमा गम्भिर असर गर्ने तथा यी उद्योगहरुमा कालिगढ हरुको पनि रोजगारी गुम्ने जोखिम बढाएको छ । 

व्यवसायिक कृषि, उत्पादनमुलक उद्योग पूर्वाधार निर्माण र पर्यटनसंग सम्वन्धित नेपाली उद्यमी व्यवसायीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा ल्याउन सक्ने व्यवस्था मिलाईएको स्वागत योग्य छ । तर हेजिङ सम्वन्धी नीतिको उचित व्यवस्था नभई यो प्रभावकारी हुन सक्दैन । सोको लागि हेजिङ नीतिको व्यवस्था हुनुपर्ने परिसंघले विज्ञप्तिमा उल्लेख गरेको छ । 
 

Advertisement

Advertisement