नेपाल इन्भेष्टमेण्ट बैंकको सञ्चालकमा पृथ्वीबहादुर पाँडेसहित ४ जना निर्वाचित

Advertisement

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकमा संस्थापक शेयरधनीका तर्फबाट चार जना सञ्चालक निर्वाचित भएका छन् ।

बैंकको शुक्रबार सम्पन्न ३५औँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फ पृथ्वीबहादुर पाँडे, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र कविकुमार टिवडेवाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएको कम्पनी सचिव सुधीरमान श्रेष्ठले जनाएका छन् । 

Advertisement

सोही साधारण सभाबाट शेयरधनीहरुलाई ३.३८९ प्रतिशत नगद लाभांश र १२.६११ प्रतिशत बोनस शेयर दिने प्रस्थाव सर्वसम्मतिले पारित भएको थियो । 
 

Advertisement

Advertisement