वायुसेवा निगमलाई खतराजन्य बस्तु बोक्ने अनुमति, ६३ वर्षको इतिहासमै पहिलो उपलब्धीः निगम

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले खतराजन्य बस्तु आयात गर्ने अनुमति पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा निगमलाई खतराजन्य बस्तु बोक्ने अनुमति दिएको हो । पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आईकाओ)ले तोकेको व्यवस्था अनुसार निगमलाई अन्तर्र्राष्ट्रिय उडानमा उक्त सामान बोक्ने अनुमति दिएको हो ।

पर्यटन मन्त्री प्रेम आलेको उपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई उक्त अनुमति प्रमाणपत्र दिएको छ । निगमले पाएको यो अनुमतिले निगमको दक्षता बढाउने र बाहिरबाट यात्रु नभएको बेला यस्तो सामान बोकेर ल्याउनु आर्थिक हिसावले पनि निगमलाई राम्रो हुने दाबी गरे । उनले आफू मन्त्री भएर आइसकेपछि राम्रो र खराव सबै दुबै पक्षको बारेमा उल्लेख गरिदिन आग्रह गर्दै भने निगमको सुधारको लागि प्रयास भइरहेको छ । आवश्यक प्रक्रिया पुराएर निगम सुधार गरिने छ ।

Advertisement

निगम सुधारकै लागि करिब मासिक ४ लाख तलव खाइरहेका कार्यकारी प्रमुख डिमप्रकाशलाई हटाएर एक लाख तलब खाने गरी यूवराज अधिकारीलाई नियुक्त गरेको पनि मन्त्री आलेले बताए । वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले ६३ बर्षको इतिहासमा पलिोपटक यस्तो खतराजन्य बस्तु बोक्न पाउने अनुमति पाएको बताए । यसले निगमलाई लाभ हुन्छ ।

निगमले एक पटकमा यस्तो बस्तु करिब करिब १५ टन समेत बोक्न सक्ने र यसले निगममा आर्थिक लाभ हुने उल्लेख गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमलाई दिएको यो सुविधाले राजस्वमा वृद्धि र निगमको छवि बढाउनेमा विश्वस्त रहेको बताए ।

के के पर्छ खतराजज्य वस्तु आयात
वायुसेवा निगमका अनुसार निगमले पहिलोपटक बोक्न पाउने यस्तो वस्तु यस अघि हरके तीन महिनामा अनुमित लिएर ल्याउने गरेको थियो । अब भने निगमित उडानमा बोक्ने पाउने भएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयाटा)ले वर्गीकरण गरेकै अनुसार क्याटागोरी ९ मा रहेको लिथियम ब्याट्रि, म्याग्नेटाइज मेटरियल पर्छन् । यस्तो सामानमा मोबाइल व्याट्रि, ल्यापटपसहितका बस्तु पर्छन् ।

आयाटाले नै वर्गीकरण गरेको क्याटगोरी ७ मा रहेको रेडियोएक्ट्रिभ मेटेरियल पर्छन् । यसमा एक्सरे गर्दा प्रयोग हुने सामाग्री पर्छ । नियमति रूपमा यो सुविधा पाएपछि अब निगमलाई पटक पटक अनुमति लिने झन्झट हुँदैन् । अरु बस्तु भन्दा महंगो दरमा सामान आयात हुने भएकोले पनि निगमलाई लाभ हुन्छ । यस अघि यस्तो सामान अन्य विदेशी वायुसेवाले मात्रै बोक्ने गरेकोले अब निगमले पनि बोक्न पाउने भएको छ ।

Advertisement

Advertisement