‘मोटरहेड एक्स्चेन्ज’ अफर मंसिर २२-२४ गतेसम्म, यस्ता छन् आकर्षण

Advertisement

काठमाडौँ । मोटरहेड ब्राण्डको आधिकारिक वितरक एलएलआर टेक्नो एण्ड ट्रेडले  ‘मोटरहेड एक्स्चेन्ज’ अफर आयोजना गर्ने भएको छ । मंसिर २२-२४ गतेसम्म काठमाडौं उपत्यकास्थित सबै शोरुममा एकसाथ अफर लागु हुने कम्पनीले जनाएको छ । विभिन्न अफरसहित कम्पनीले एक्स्चेन्ज क्याम्प गर्न लागेको हो ।

ग्राहकको अत्याधिक मागलाई मध्यनजर गर्दै एक्स्चेन्ज आयोजना गरिएको प्रालिले जनाएको छ । डर्ट, क्रसओभर र स्क्र्याम्बलर सेगमेन्टमा छुट्टै उपस्थिति जनाउँदै आएको मोटरहेड ब्राण्डले एक्स्चेन्जलाई विशेष आकर्षित बनाउन विभिन्न छुटसहित अफर योजना सार्वजनिक गरेको हो ।

Advertisement

नगदमा मोटरहेड खरिद गर्दा १० हजार रुपियाँ छुट, फाइनान्समा खरिद गर्दा ७ हजार रुपियाँ छुट प्रदान हुनेछ । एक्स्चेन्ज गर्दा पुरानो बाइक तथा स्कुटरको मूल्यमा बजार मूल्यभन्दा अतिरिक्त १५ हजार रुपियाँ मूल्यांकन गरिने कम्पनीले जनाएको छ । 

कम्पनीले उचित मूल्यांकन र सरल खरिदको वातावरण बनाउन ‘अन द स्पट भ्यालुएसन’को व्यवस्था गरेको बताइएको छ । प्रत्येक ग्राहकले आकर्षक डर्ट हेल्मेट निःशुल्क प्राप्त गर्नेछन् ।मोटरहेडको शोरुम सल्लाघारी, मित्रपार्क, चावहिल, टेकु, धोविघाट र बालाजू (भ्याली कोल्ड स्टोर्सको अगाडि) मा रहेको छ । 

मोटरहेडले हालसालै परिमार्जित गरिएको नयाँ टेक्कन आर २५० मोडल बजारमा ल्याएको छ । मोटरहेड ब्राण्डप्रति नेपाली बजारमा ग्राहकको आकर्षण बढिरहेको कम्पनीका जनरल म्यानेजर उज्ज्वल जोशीले जानकारी दिए ।

नेपाली बाटो सुहाउँदो, राम्रा विशेषता, सर्भिसको सुविधा, स्पेयर्स पार्टसको सुविधा लगायतका कारणले मोटरहेड ब्राण्ड ग्राहकको रोजाईमा परेको कम्पनीको दाबी छ ।

Advertisement

Advertisement