गीति चलचित्रमा विद्रोही भूमिकामा देखिदै नायक राजेश हमाल

Advertisement

काठमाडौं । चलचित्रमार्फत सामाजिक न्याय र आम मानिसको हक अधिकारको लागि आवाज उठाएर सर्वसाधारणको ढुकढुकीमा बसेका नायक राजेश हमाल गीति चलचित्र मार्फत देखिने भएका छन् ।

महानायक हमालको मूल विद्रोही भूमिकामा माधव न्यौपानेको गीत तथा कथामा बनेको ‘कठै म त कठै’ बोलको गीति चलचित्र छायांकन सम्पन्न भएको छ । काभ्रेको कुशादेवीमा छायांकन गरिएको गीत महिला हिंसाको विभत्स रुप बलात्कारविरुद्ध निर्माण भएको छ । 

Advertisement

सति प्रथामाथि बनेको चलचित्र झोलाका निर्देशक यादव भट्टराईले निर्देशन गरेको गीति चलचित्रमा खुमन अधिकारी, देवी घर्ती र शान्तिश्री परियारले स्वर दिएका छन् भने मूल भूमिकामा महानायक राजेश हमालसँगै कलाकारहरु सुनिशा बजगाई, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरी रहेका छन् ।

विज्ञान प्रविधिको विकाससँगै मानिस यो चेतनासम्म आइपुग्दा पनि महिलामाथि हेर्ने पितृसत्तात्मक दृष्टिकोण आजका दिनसम्म पनि नबद्लिएर महिलामाथि हुने अत्याचारविरुद्ध गीत निर्माण भएको निर्देशक यादव कुमार भट्टराईले बताए ।

नायक हमालले सामाजिक अन्यायविरुद्ध फरक किसिमको गीतिचलचित्रमा काम गरेकाले यसले राम्रो सन्देश दिने बताए । गीत २० देखि २५ मिनेटसम्म लामो हुने र पुसभित्र रिलिज गर्ने तयारी गरिएको छ ।
 

Advertisement

Advertisement