नेटवर्क मार्केटिङ अन्तरगतको कारोबार गैरकानूनी हो, संलग्नलाई कारवाही गर्छौँः राष्ट्र बैंक

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी/ क्रिप्टाकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तरगतको कारोबार/व्यवसाय गैरकानूनी रहेको ठहरसहित यस्तो कार्यमा संलग्नलाई कारवाही गर्ने भएको छ । 

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले आज सूचना प्रकाशित गरी हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुन प्रोत्साहन गर्ने/गराउने क्रम बढे पछि कारवाही गर्ने उल्लेख गरेको हो । 

Advertisement

गैर कानूनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अबैधानिक तरिकाले रकम बाहिरिई स्वेदशी पूँजी पलायन हुने भएकाले यस्तो कार्य दण्डनीय रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । 


 

Advertisement

Advertisement