फरक क्षमता भएका व्यक्तिलाई पुरानो बसपार्कमा सवारीमा चढ्ने र ओर्लने सुविधा

Advertisement

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशीको निर्देशनअनुसार सो व्यवस्था आजदेखि शुरू गरिएको हो । महाशाखाले उक्त पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाँउ लेखिएको बोर्ड पनि राखेको छ । 

Advertisement

‘फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौं ।’ एसएसपी जोशीले बताए । ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुबर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।
 

Advertisement

Advertisement