निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३० अर्ब १५ करोड बीमा शुल्क, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा कूल ३० अर्ब १५ करोड ३० लाख कूल बीमा शुल्क आर्जन गरेका छन् । 

१४ निर्जीवन बीमा कम्पनीले २९ अर्ब ९९ करोड ७६ लाख र ४ लघु निर्जीवन बीमा कम्पनीले १५ करोड ५३ लाख बीमा शुल्क आर्जन गरेका हुन् । 

Advertisement

नेपाल बीमा प्राधिकरण अनुसार सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ४ अर्ब २२ करोड ५५ लाख बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ५३ करोड ३० लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ८९ करोड ४ लाख बीमा शुल्क आर्जन गरेको छ । 

सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ८७ करोड ४१ लाख रुपियाँ मात्रै बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सले ६ करोड ६२ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ करोड ९८ लाख,  स्टार माइक्रो इन्स्योरेन्सले ३ करोड २८ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ६३ लाख ५४ हजार बीमा शुल्क आर्जन गरेको छ ।  

कुनको कति ? 

undefined

 

Advertisement