मुक्तिनाथ विकास बैंकले ल्यायो सर्वाधिक ब्याज दिने ‘आकर्षक बचत खाता’

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र रु १०,०००/– को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकहरुलाई वार्षिक सर्वाधिक ब्याजदर ७ं.३५% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । 

Advertisement

यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
 

Advertisement

Advertisement