राष्ट्रिय वाणिज्य बैंकको ‘स्मार्ट क्यूआर टेलर’बाट २ लाखसम्म  भुक्तानी लिन चेक नचाहिने

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा शुरु गरेको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले गत माघ १० गतेबाट सेवाको शुुभारम्भ गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको सुभारम्भ गरेका हुन् । 

Advertisement

बैंकले मोवाइल बैंकिङ सुबिधा लिइएका ग्राहकहरुले आफ्नो मोवाइलबाट बैंक काउण्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपियाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । अब सिमित कारोबारको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोवाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी  अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको गत माघ १० गतेबाटै शुभारम्भ गरेको छ ।

हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।

Advertisement

Advertisement