Advertisement

पवन गोल्याण
निर्यातजन्य उद्योगमा काम गर्ने श्रमिकलाई तालिमको व्यवस्था गर्न एकदमै आवश्यकता छ । नेपालका गार्मेन्ट लगायत अन्य उद्योगहरुमा छिमेकी देशबाट श्रमिक ल्याएर भन्दा पनि नेपालीलाई नै काम दिनु पर्यो । नेपाली श्रमिकलाई तालिम दिएर रोजगारी दियो भने दिगो र सस्तो पनि हुन्छ । उद्योगको लागत कष्ट पनि घट्छ । 

राज्यले गार्मेन्ट उद्योगको लागि भए पनि नेपाली श्रमिकलाई शिपमूलक तालिम दिने व्यवस्था गरिदिनु पर्छ । हामी ल्याण्डलक राष्ट्र छौं । अहिले निर्यातको ठूलो समस्या भनेको हवाई भाडाको रहेको छ । अहिलेको हवाई उडानमा सि ग्रेट छ त्यो हिसावले हामी कहिल्यै पनि कम्प्यारेटिभ हुन सक्दैनौं । हवाई भाडामा सहुलियत चाहियो । त्यसको लागि राज्यले दुई वटा जहाज किनेर नेपाल एयरलाइन्सलाई दिएर एउटै भए पनि सुरुवात गरेर एयर कार्गोको रुपमा मात्रै चलाएर ५० टन अमेरिका पुर्याउने व्यवस्था भयो भने नेपालको गार्मेन्ट उद्योगको ठूलो विकास हुन्छ । 

Advertisement

अमेरिकाको सहयोग एमसीसी भर्खरै सूरुवात भएको छ । सरकारले नेपालको गार्मेन्टलाई अमेरिकामा डिउटी निःशुल्क एक्सेसमा आउनको लागि पहल गरिनु पर्छ । सरकारले तबसम्म पहल गर्दैन गार्मेन्ट उद्योगलाई अनुदान चाहिन्छ । सरकारको अनुदान विना अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । पहिला अललिमिटेड थियो । अहिले २० करोडको मात्रै निर्यात रिफाइनान्सिङ हुन्छ । त्यो पनि ६/६ महिनाको लागि मात्रै हुन्छ । सरकारले निर्यात हाउस बनाउनु पर्छ । निर्यात हाउस भयो भने नेपालका मौलिक उत्पादन, साना उद्योगहरुले पनि निर्यात गर्न खोज्दा आफैले गर्न नसक्ने भएकाले यो निर्यात हाउस बनाउनु जरुरी छ ।

नेपालको अग्लो स्थानमा भएको कटन जुन अगार्निक हो । रवि प्रोसेस गरेर निर्यात गर्न सक्छौं । त्यसको लागि नीति चाहिएको छ । नेपालमा अल्लोको ठूलो उत्पादन रहेको छ । अल्लोको उत्पादन बस्तुको बजार विस्तार गर्न सकियो भने हाम्रो मौलिक उत्पादन बढ्छ । केही काम सूरु भएको छ । गार्मेन्ट र अन्य उद्योगहरुले मौलिकता दिनु पर्यो । पाल्पाली ढाकामा पनि गार्मेन्टमा जोड्न सक्यो भने धेरै ठूलो फड्को मार्न सक्छ । 

गार्मेन्टमा २ लाख मान्छेलाई रोजगारी दिन सक्ने र ५ हजार नयाँ उद्योग पनि जन्माउन सक्ने अवस्था छ । निर्यात र आयात प्रतिस्थापनको लागि २० प्रतिशत नेपालको गार्मेन्टको हिस्सा रहेको छ । नेपालमा कपडा ६ खर्बको उत्पादन चाहिन्छ । १ खर्बको नेपालमा उत्पादन हुन्छ । बाँकी कहाँबाट आउँछ ? हामीले वर्षौदेखि सोधिरहेका छौं । यसको जवाफ कसैसँग पनि छैन । त्यो चोरी पैठारीबाट वा अनऔपचारिक रुपमा आउँछ । त्यसलाई सरकारले रोक्नु पर्छ ।

(नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष गोल्यणद्धारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा व्यक्त विचार)

Advertisement

Advertisement