वाणिज्य बैंकहरुमा पाँच अर्ब निक्षेप थपियो, कर्जा लगानी चार अर्ब घट्यो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा पछिल्लो साता ५ अर्ब निक्षेप बढ्दा कर्जा लगानी ४ अर्ब घटेको छ ।   

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार बैशाख २३ गतेसम्म अघिल्लो साताभन्दा कूल निक्षेप बढेर ४३ खर्ब ७३ अर्ब पुगेको छ । 

Advertisement

त्यस्तै बैशाख २३ गतेसम्म कूल कर्जा लगानी ४ अर्बले घटेर ४१ अर्ब ९३ अर्ब पुगेको छ ।  

बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा चैत मसान्तसम्म कूल निक्षेप ४३ खर्ब ८९ अर्ब थियो भने कूल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब थियो । 

यसरी हेर्दा बैशाख लागेपछि १६ अर्ब निक्षेप घटेको अवस्थामा छ भने कर्जा लगानी ४ अर्बले घटेको छ ।  

Advertisement

Advertisement