आज (जेठ २)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल ज्येष्ठ महिनाको २ गते सोमबार, वैशाख शुक्लपक्षको पूर्णिमा तिथि । आज गौतमबुद्ध जयन्ती रहेको छ । त्यसैगरी आज गोरखनाथ जयन्ती रहेको छ ।

मेष 
बोलीको प्रभाव बढ्ने हुँदा मानिसहरुले विश्वास गर्ने क्रममा बृद्धि हुने छ । पेशागत तथा ब्यावसायिक क्षेत्रमा लाभ मिल्ने देखिन्छ । भाग्यको बलियो साथ रहेकाले व्यक्तित्वमा प्रभावशालीपना बृद्धि हुने छ । शैक्षिक र बौद्धिक क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

Advertisement

वृष 
आत्माबल बलियो हुनाले मनमा उत्साह र उमङ्ग कायम रहने छ । नेतृत्वदायी भूमिका प्राप्त हुने छ भने नेतृत्व गर्ने क्षमतामा पनि बृद्धि हुने छ । बोलीको प्रभाव बढ्ने छ । धन सम्पत्तिमा बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनको हकमा पनि समय सकारात्मक बन्न पुगेको छ । आँटेका कामहरु पुरा हुने छन् । 

मिथुन 
मनमा आउने दुविधाले निर्णय क्षमतामा कमि ल्याउनुका साथै पाएको जिम्मेबारी निर्वाह गर्न कठिनाई गराउने छ । अरुको विश्वास जित्न सकिने भएता पनि मनमा भने दुविधाका क्रमहरु देखा पर्न जाने छ । पेशागत जीवनमा बिबादहरु देखा पर्ने भएकाले सतर्क रहनु होला । तर साझेदारीमा गरिएका कामहरुबाट भने फाइदा मिल्ने छ ।

कर्कट
नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले यसबारेमा संयम रहनु होला । पेशागत क्षेत्रमा सोचे अनुसारको कदर नहुँदा मनमा निराशाका भाव आउने छ । भाग्यहिनताका कारण रोजगारी तथा ब्यावसायिक कार्यमा अवरोधहरुको सामना गर्नु पर्ने छ । 


सिंह
सुख सुविधामा कमि आउने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुको विश्वास र भरोसा गुम्ने स्थिति आउन जाने छ । मनमा दुविधाको क्रम बढ्ने भएकाले यो गरौँ कि त्यो गरौँ भन्नेमा निर्णय लिन कठिनाई उत्पन्न हुने छ । समय प्रतिकुल रहेकाले धैर्य भएर कदमहरु चाल्नु होला ।ससमकक्षी तथा कर्मचारीहरुसँग कटुता बढ्ने समय सक्रिय रहेकाले सावधानी अपनाउनु होला । 

कन्या
भाग्य बलियो भएकाले समय सकारात्मक हुन पुगेको छ । लिइएका लक्ष्य एवं सपनाहरु पुरा हुने तर्फ जाने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । दृढतामा बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । आधारभूत भन्दा शौखिन खालका सामानको कारोवार गर्नेहरुलाई फाइदा मिल्ने छ । 

तुला 
मनोबलमा आउने कमिले दुविधात्मक व्यक्तित्व बनाई दिने छ । पेशागत जीवनमा जोश तथा जाँगरको कमि हुने छ । साझेदारीका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । जसले गर्दा अरुले निर्णय क्षमता नभएको व्यक्तित्वका रुपमा चित्रण गर्ने छन् । घर जग्गाको कारोवारमा संलग्नहरुका लागि सकारात्मक हुने छ । 

वृश्चिक
भाग्यको बलियो साथ रहेकाले कठिन समयमा पनि मन हतास हुने छैन् । जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा आम्दानीमा बृद्धि हुने छ भने राखेका लक्ष्यहरु पुरा हुने छन् । मनोबलमा बृद्धि हुने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा विवादका क्रम देखा पर्न जाने भएकाले सतर्क रहनु होला । 

धनु 
राखिएका लक्ष्य पुरा नहुने भएकाले धेरै महत्वाकांक्षी नबनि व्यावहारिक योजनाहरु बनाउनु उपयुक्त हुने छ । दृढ प्रकृतिको ब्यक्तित्व हुने हुँदा अरुले भने कडा र रिसाहा भनि अनुभुति हुने भएकाले यसबारेमा ध्यान दिनु होला । पारीवारमा मिलन हुने छ । गुप्तर क्षेत्र तथा कुटनीतिक क्षेत्रमा आवद्धहरुलाई अनुकुल समय छ । 

मकर 
भाग्यको बलियो साथ हुने हुँदा आँटेका कामहरु पुरा हुने दर धेरै हुने छ । चलाख खालको व्यक्तित्व हुने छ । परिवारको साथ रहने हुनाले कठिन अवस्थामा पनि संहालिन मद्धत पुग्ने छ । तर पेशागत जीवनमा अवरोध तथा बिबादहरु देखा पर्ने भएकाले नआत्तिइकन अघि बढ्न दृढ संकल्पित हुनु होला । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखिने छ । 

कुम्भ 
समय धेरै अनुकुल नरहेकाले ठिक्क मात्रामा जोखिम लिनु ठिक हुने देखिन्छ । भाग्यको साथ नरहेकाले गरेका कामहरु सफल नहुँदा उत्साह र उमङ्गमा कमि ल्याउने छ । मनमा दुविधाका क्रम धेरै देखा पर्दा आफैले जानेका विषयमा पनि अन्योलता छाउने छ । परिवारमा तनावको अवस्था आउँदा मनमा कटुताका क्रमहरु देखा पर्ने छ । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । 

मीन
मेहनति र पराक्रमी स्वाभावले गर्दा कार्य सफलता मिल्ने छ भने त्यसले आम्दानीमा पनि बृद्धि हुन जाने छ । पेशागत जीवन र व्यापार व्यवसायमा केही अवरोधहरुको सामना गर्नु पर्ने भएता पनि धेरै नकारात्मक अवस्था भने आउने छैन् । पारिवारका सदस्यहरुले आफुले गरेको कामको कदर र प्रशंसा गर्ने छन् । शान्त स्वाभावको ब्यक्तित्व हुने भएकाले अरुले पनि मन पराउने छन् । 

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement

Advertisement