‘विस्थापित गर्नुको सट्टा, विकल्प खोजेर मिलाउनु पर्छ’

अन्तर्राष्ट्रिय विमानस्थलले पोखरामा प्याराग्लाइडिङ विस्थापित हुने भएपछि व्यवसायी निराश

Advertisement

काठमाडौं । निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखरामा हवाई खेलकुद गर्न नमिल्ने भएको छ। आगामी जनवरी महिनाभन्दा पहिले नै पोखराको पहिचान बनेको र लोकप्रिय रहेको प्याराग्लाइडिङ विस्थापित गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिएको छ ।

आउँदो जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउन लागिएको छ । विमानस्थल सञ्चालनमा आएसँगै  ठूला अन्तर्राष्ट्रिय विमानहरु उडान र अवतरण गर्ने भएकाले त्यस्ता जहाजहरुलाई अवरोध नहोस भन्न र सुरक्षाका लागि प्याराग्लाइडिङ हटाउनुपर्ने सर्त राखिएको हो । 

Advertisement

सराङकोट र आसपासका डाँडाबाट दैनिक पोखरामा सयौं प्याराग्लाइडर उड्छन् । पोखरा आउने पर्यटकहरुका लागि महत्वपूर्ण आकर्षण र साहसिक खेलको रुपमा रहेको यो सेवा विस्थापित हुने भएसँगै पोखराका पर्यटन व्यवसायी निराश भएका छन् । 

प्याराग्लाइडिङ विस्थापित गर्दा पोखराको पर्यटनमै धक्का लाग्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सुशील पौडेलले बताए । उनले भने, ‘पोखरामा प्याराग्लाइडिङका लागि भनेरै पनि पर्यटक आउँछन् । प्याराग्लाइडिङ गर्दा हिमालदेखि तालसम्म सुन्दर दृश्य हेर्न पाउँछन पर्यटकले । पोखराको वातावरणका कारण पनि प्याराग्लाइडिङ उत्कृष्ट बनेको थियो ।’ 

उनले पोखराबाट प्याराग्लाइडिङ विस्थापित नै गराउन जरुरी नरहेको तर्क गरे । पौडेलले थपे, ‘हामीले वैकल्पिक व्यवस्थाका लागि सरकारसँग आग्रह गर्दै आएको छौं। नागरिक उड्डयन प्राधिकरणकलाई सकेसम्म पोखराबाट विस्थापित नगर्न भनेका छौं ।’

उनले थपे, पोखराको प्याराग्लाइडिङ सेवा विश्वमै उत्कृष्टमध्येको एक हो सराङकोट। प्याराग्लाइडिङ नै विस्थापित भए पर्यटकको संख्या पनि घट्ने पौडेलको चिन्ता छ । उनले प्याराग्लाइडिङ सेवा पनि कायम राख्ने र अन्तर्राष्ट्रिय विमान सेवालाई पनि असर नपर्ने ढंगले व्यवस्था गर्न साराङकोट नै चाहिन्छ भन्न व्यवसायीले पनि नहुने बताए । 

पौडेलले थपे, ‘एक्दम प्राविधिक समस्यामा परेका छौं हामी । प्याराग्लाइडिङ गर्ने ठाउँ परिवर्तन गरेर सम्भावना भएको नजिकको डाँडाहरु अथवा उड्डयन प्राधिकरणले तोकेको हवाई क्षेत्र बाहिर पोखरा नजिकको कुनै सम्भाबित क्षेत्रहरु खोज्नुपर्यो र त्यसको व्यवस्था मिलाउनुपर्यौ । तर प्याराग्लाइडिङ पोखराबाट विस्थापित नै गर्नु चाहीं उचित होइन ।’

त्यस्तै, होटल संघ नेपाल (हान)का अध्यक्ष लक्ष्मण सुवेदीले प्याराग्लाइडिङ विस्थापित नगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताए । प्याराग्लाइडिङ पनि पोखराको एउटा पर्यटक बढाउने प्रमुख माध्यम हो भन्दै उनले विकल्प खोजेर मिलाउनुपर्ने बताए । यसको बारेमा आफूहरुले प्राधिकरण र अन्य निकार्यसँग धेरै पटक छलफल गरेको सुनाए । 

सुवेदीले भने, ‘साराङकोट रुटबाट हुने प्याराग्लाइडिङ हट्नु भनेको दुःखत कुरा हो । प्याराग्लाइडिङ भनेको पोखराको गहना हो। यसका कारण पोखरा आएका पर्यटकहरु आज पोखरा आएर आजै फर्किने अवस्था थियो भने पनि भोलि प्याराग्लाइडिङ गर्छु र फर्किन्छु भन्ने पर्यटकहरु धेरै छन् । त्यसैले प्याराग्लाइडिङ विस्थापित हुर्नु हुदैन्।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय उडान गर्ने भए पोखरामा प्याराग्लाइडिङ सम्भव नरहेको बताए । उनले उडान सुरक्षाका लागि अब पोखरामा अन्य हवाई गतिविधि गर्न नमिल्ने बताए । 

Advertisement

Advertisement