कीर्तिमानी पर्वतारोही लाक्पा सिद्धि मेमोरियल अस्पतालको सदभावना दूत

Advertisement

काठमाडौं। कीर्तिमानी पर्वतारोही लाक्पा देण्डी शेर्पा भक्तपुरस्थित सिद्धि मेमोरियल अस्पतालको सदभावना दूत (गुड्विल एम्बेसडर) नियुक्त भएका छन् । 

समाजसेवामा पनि सक्रिय शेर्पाले आठ हजार मिटरभन्दा माथिका विभिन्न हिमाली शिखर २९ पटक आरोहण गरेका छन् । उनलाई हालै अस्पतालले सदभावना दूत नियुक्त गरेको हो । 

Advertisement

शेर्पाले कोरोना महामारीको समयमा पनि राहत वितरण गर्ने काम गरेका थिए । हिमाल आरोहणबाहेक उनी नेपाल पर्वतारोहण संघ, लायन्स क्लब अफ सेभ हिमालय, भोजपुर शेर्पा कुलुङ समाज जस्ता विभिन्न संस्थामा आवद्ध छन् । 

सिद्धि मेमोरियल अस्पतालको गुड्विल एम्बेसडरको रुपमा अस्पतालको लागि केही गर्न सके आफूलाई खुशी महशुस हुने शेर्पाले कपोरेट नेपाललाई बताए । 

तेह्र वर्षको उमेरमा सगरमाथाको आधार शिविरमा पुगेपछि चुचुरोमा पुग्ने सपना देखेका लाक्पाले भने, ‘त्यो बेला नै मेरो हिमालसँग मोहनी लागेको थियो ।’ उनले पहिलो पटक सोलुखुम्बुको छ हजार मिटर अग्लो हिमाल आरोहण गरेका थिए । 

सन् २००८ देखि छ हजार मिटर अग्ला हिमाल आरोहण गरेपछि पर्वतारोहणको तालिम लिएर आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्न थालेका शेर्पाले सन् २०१६ मा सगरमाथाको सफल आरोहण गरेका थिए । 

उनले अहिलेसम्म ९ पटक सगरमाथा आरोहण गरिसकेका छन् । शेपौले सन् २०१८ को वसन्त ऋतुमा १८ घण्टा र ३० मिनेटमा ३ पटक सगरमाथाको सफल आरोहण गरेसँगै सबैभन्दा छिटो समय सगरमाथा चढेर गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि राखेका छन् । 

पर्वतारोही लाक्पा शेर्पा जर्मन कपडा ब्राण्ड भाउडेका ब्रान्ड एम्बेसडर पनि हुन् । उनले सगरमाथा, मनास्लु हिमाल, केटु, नंगा पर्वत, धौलागिरी, कञ्चनजंगा, ल्होत्सेलगायत हिमालको सफल आरोहण गरेका छन् । 

उनले आफ्नो बारेमा सुनाउँदै आठ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोह गर्ने लक्ष्य रहेका बताए । आफ्नो आरोही सदस्यकोे मास्क रेगुलेटर बिग्रिएपछि लाक्पाले सन् २०१७ मा सगरमाथाको आरोहण विना अक्सिजन गरेका थिए । साथै, नङ्गा पर्वत र मनास्लु पनि विना अक्सिजन आरोहण गरेका उनले बताए । 


Advertisement

Advertisement