स्मार्टच्वाईस टेक्नोलोजिज र गरिमा विकास बैंकवीच सम्झौता

Advertisement

काठमाडौँ  । स्मार्टच्वाइस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच एससीटी–युपीआई डेबिट कार्ड मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा स्मार्टच्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । 

Advertisement

यस सम्झौता पश्चात स्मार्टच्वाइस र बैंकबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । 

साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओइस, ई–कमर्श जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।
 

Advertisement

Advertisement