मोटरहेड मोटरसाइकल किन्दा दुई लाख बढी उपहार जित्ने अफर सार्वजनिक

Advertisement

काठमाडौँ । मोटरहेड ब्राण्डको नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«डले ‘बिग बिगर बिगेष्ट अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले असार १३ गतेदेखि मोटरहेडका वाइक खरीद गर्ने आफ्ना ग्राहकलाई स्क्राच कुपन, बम्परमा सहभागीको साथै २ वर्षको वार्षिक कर फ्री हुने जनाएको छ । 

Advertisement

जसमा स्क्राच गरी रु. १ लाखसम्म छुट पाउन सकिने र वम्परमा रु. २,०७,९००।– नगद उपहार जित्न सकिने छ । साथै, पुराना वाइक सट्टापट्टा गरी खरीद गर्ने ग्राहकको हकमा कम्पनीले स्क्राच कार्ड  उपलब्ध नहुने गरी सोझै बजार मूल्याङ्कनमा थप रु. २०,०००।– मुल्याङ्कन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार यो अफर सिमित अवधिको लागी लागू रहने छ । साथै कम्पनीको वाइकहरु हाल पुरानै मुल्यमा उपलब्ध रहेता पनि छिट्टै मुल्य बढ्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीको पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा वितरक रहेका छन् । 
 

Advertisement

Advertisement