धुलिखेलमा साथीमार्टको १०५ औं शाखा उद्घाटन

Advertisement

धुलिखेल । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट धुलिखेल, श्रीखण्डपुरमा सञ्चालनमा आएको छ । कृषि व्यवसायमा समेत आवद्ध रहेका राकेश श्रेष्ठले धुलिखेलमा साथीमार्टको फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएका हुन् ।

‘लामो समयदेखि कृषि व्यवसायमा आवद्ध भइसक्दा रिटेल सेक्टरमा पनि इच्छा जागेको र साथीमार्टको बारेमा थाहा पाएपछि लोकल लेभलमा स्मार्ट शपिङको अनुभव दिने निणर्य गरेको हुँ,’ श्रेष्ठ भन्छन् ‘समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने कुरामा विश्वस्त छु । साथै लोकल लेभलमा ग्रोसरी शपिङदेखि सम्पुर्ण घरायसी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने मेरो विश्वास छ ।’

Advertisement

उक्त आउटलेटको उद्घाटन धुलिखेल नगरपालिकाका मेयर अशोककुमार व्यान्जु (श्रेष्ठ)ले गरेका हुन् । उद्घाटनकै क्रममा उनले साथीमार्टलाई धन्यवाद व्यक्त गर्दै भने ‘धुलिखेल व्यापारिक थलोको रूपमा विकास हुँदै छ । साथीमार्टले थप तेवा पुर्याउनेमा विस्वस्त छु ।’

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुणर् स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ । एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

Advertisement

Advertisement