दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय वार्ताको तयारी, सीमा विवादबारे छलफल हुने

Advertisement

काठमाडौं । नेपाल र भारतबीच १५ महिना लामो कूटनीतिक संवादहीनता अन्त्य गर्दै र राजनीतिक तहमा औपचारिक संवादको ढोका खोलेर भारतीय विदेशसचिव हर्षवर्धन शृंगला शुक्रबार दिल्ली फर्केका छन् । अब मन्त्रीस्तरीय बैठकमा सीमालगायत सुल्झिन बाँकी द्विपक्षीय विषयमा छलफल गर्ने तयारी छ ।

नेपालमा परिचयात्मक भ्रमणका क्रममा आएका शृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय विदेशमन्त्री एस. जयशंकरका तर्फबाट भारत भ्रमणको निमन्त्रणा दिएका छन् । मंसिर अन्तिम साता दिल्लीमा बस्ने परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जाने गरी तयारी भइरहेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो भारत भ्रमणबारे दुवै परराष्ट्र मन्त्रालयहरूले तयारी गरिरहेको बताए । 

Advertisement

दिल्लीमा आयोगको छैटौँ बैठक बस्न लागेको छ भने वर्तमान सरकारका पालामा दोस्रोपटक आयोगको बैठक बस्न लागेको हो । गत ४ भदौमा आयोगको पाँचौँ बैठक भएको थियो, जसको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र जयशंकरले गरेका थिए । आयोगको पाँचौँ बैठकमा पनि कालापानी र सुस्ताको समाधानमा नेपालले जोड दिएको थियो । यसैगरी इपिजीले तयार गरेको प्रतिवेदन दुवै सरकार प्रमुखले बुझ्नुपर्ने नेपालको अडान थियो । अबको बैठकमा पनि नेपालले यो विषय उठाउने तयारी भइरहेको छ । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement