मुक्तिनाथ कृषि कम्पनीको ‘लक इन’ जेठ १८ गते सकिने

Advertisement

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको ‘लक इन’ अवधि आगामी जेठ १८ गते सकिने भएको छ ।

कम्पनीले आईपीओमार्फत निष्कासन गरेको शेयर गत वर्षको मंसिर १९ गते बाँडफाँट गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपियाँ बराबरको ७० हजार कित्ता शेयर ‘लक इन’ मा रहेको थियो ।
 

Advertisement

Advertisement

Advertisement