नेपाल–भारत उर्जा बैठक मंसिर २५ बाट, प्रसारणलाइन निर्माण र उर्जा आदानप्रदान मुख्य एजेण्डा

Advertisement

काठमाडौँ । नेपाल र भारतबीच उर्जासम्वन्धी संयुक्त कार्यदलको बैठक मंसिर २५ र २६ गते बस्ने भएको छ । भर्चुअल माध्यमबाट हुन लागेको बैठकमा अन्तरदेशीय प्रसारण लाइन, उर्जा आदानप्रदान मुख्य एजण्डाको रुपमा रहेका छन् । 

सहसचिव र सचिवस्तरमा हुन लागेको संयुक्त कार्यदलको बैठक कोभिज १९ जोखिमका कारण अनलाइनमार्फत हुन लागेको हो । अघिल्ला बैठकहरुमा छलफल भएर  पनि नटुङ्गिएका विषयहरुलाई आसन्न बैठकमा छलफल हुने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । 

Advertisement

सन् २०१४ मा नेपाल–भारत विद्युत् व्यापार सम्झौता (पीटीए) भएपछि त्यसलाई कार्यान्वयन गर्ने क्रममा संयुक्त कार्यदल बनाइएको हो । यसको यसअघि सात वटा बैठकहरु सम्पन्न भइसकेका छन् । बैठकमा यसअघि सहमति भएर कार्यान्वयन हुन बाँकी रहेका विषयहमा पनि छलफल हुने जनाइएको छ । 

Advertisement

Advertisement