चीनसँग पारवहन सम्झौता भएको चार बर्ष बित्यो, निकै प्रचार गरियो, तर कार्यान्वयन शुन्य

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा चैत ०७२ मा चीनसँग गरेको व्यापार तथा पारवहन सन्धिलाई आफ्नो मुख्य उपलब्धिको सूचीमा राख्दै आएका छन् । हरेकजसो सार्वजनिक मञ्चमा चीनसँग आफूले गरेको पारवहन सन्धिले नेपाललाई समुद्रसँगको वैकल्पिक पहुँच दिएको उनी गर्वका साथ बताउँछन् । तर, सम्झौता भएको चार वर्ष बितिसक्दासमेत पारवहन सन्धि अझै कार्यान्वयनमा आउन सकेको छैन । 

चैत २०७२ मा प्रधानमन्त्री ओलीको चीन भ्रमणको अवसरमा नेपाल र भारतबीच पारवहन सन्धिको सम्झौता भएको थियो । त्यसको तीन वर्षपछि वैशाख ०७६ मा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर भयो । तर, प्रोटोकलमा हस्ताक्षर भएको डेढ वर्ष बितिसक्दासमेत सन्धि कार्यान्वयनमा आउन सकेको छैन ।

Advertisement

प्रोटोकलमा उल्लेख भएअनुसार नेपाली व्यवसायीले थप नाका र सुक्खा बन्दरगाह उपयोग गर्न पाउनुपर्ने हो । चीनको समुद्री बन्दरगाह हुँदै तेस्रो मुलुकसँग व्यापारसमेत गर्न पाउनुपर्ने हो । तर, अहिले भएकै नाकासमेत उपयोग गर्न पाएका छैनन् । 


नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement