आईएमई लाइफको नाफा ७६ प्रतिशतले बढ्यो, सबै सूचक सकारात्मक

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ७६ प्रतिशतले वृद्धि भएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिमाको तुलनामा ७५.७९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

Advertisement

समीक्षा अवधिमा कम्पनीले ३३ करोड १५ लाख रुपियाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १८ करोड ८६ लाख रुपियाँ थियो । 

त्यसैगरी, चालू आवको ९ महिनामा कम्पनीको कुल आम्दानी १७. ५२ प्रतिशतले बढेर चार अर्ब १२ करोड २७ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो आम्दानी तीन अर्ब ५० करोड ८१ लाख रुपियाँ थियो । 

साथै, समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन पनि बढेको छ । यस अवधिमा तीन अर्ब २९ करोड १५ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आवको सोही अवधिमा कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्म चालु आवको समीक्षा अवधिमा कम्पनीले तीन अर्ब ११ करोड ५६ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले दुई अर्ब ८९ करोड चार लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको समीक्षा अवधिको तुलनामा चालु आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.७९ प्रतिशतले बढी हो ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८.९८ रुपियाँ रहेकामा चालू आवमा बढेर ११.०५ रुपियाँ पुगको छ ।

चार अर्ब रुपियाँ चुक्ता पुँजी रहको कम्पनीले तेस्रो त्रैमाससम्म रिटेन्ट अर्निङमा ८५ करोड ९२ लाख रुपियाँ, शेयर प्रिमियममा एक अर्ब ५२ करोड ५८ लाख र महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपियाँ सञ्चित गरेको छ । 

चालू आवको ९ महिनासम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ९० करोड ६७ लाख रुपियाँ रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात ४९.८० गुणा र प्रतिशेयर नेटवर्थ १७७.२५ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement