इलाम–२ मा एमाले र बझाङ–१ मा कांग्रेसको अग्रता, कसले कति मत पाए ?

Advertisement

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले र बझाङ-१ मा कांग्रेसको अग्रता कायमै छ । 

अहिलेसम्म इलाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् । 

Advertisement

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ८४४ मत पाएका छन् । 

त्यस्तै, स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६६२ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बूले १ हजार २६९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, बझाङमा नेपाली कांग्रेस अगाडि छ । 

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार २२७ मतसहित अग्रता कायम गरेका छन् भने नेकपा एमाले उम्मेदवार दमनबहादुर भण्डारी ७ हजार ९७४ मतसहित दोस्रो स्थानमा छन् । 

त्यसैगरी, माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

दुवै स्थानमा मतगणना जारी छ ।

Advertisement

Advertisement