२५० आरोही सगरमाथा चढ्ने तयारीमा, ताउ-ते को प्रभावले आरोहणमा असर गर्ला ?

Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ-ते को प्रभाव अझ विकसित हुने क्रममा रहेको जानकारी २ जेठमै दिएको थियो । यसको कारण उच्च हिमाली क्षेत्रमा हिमपात र वर्ष हुने संभावना भएकोले हिमाल आरोहण जोमिखपूर्ण हुने उल्लेख गरेको थियो ।

मौसम पूर्वानुमान माहासाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार २ जेठमा जारी गरेको यो मौसम पूर्वानुमान शुक्रबारसम्मकै लागि हो । उनका अनुसार शुक्रबारसम्म नै उच्च हिमाली भू–भागमा पर्वतारोहण नगर्न तथा नगराउन अनुरोध गरिएको छ । ताउ–तेको जोखिम भने रहिरहेकोले सचेत भने भइरहुनपर्ने पनि उनको भनाइ छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ ते को प्रभावकै कारण देशैभरको मौसममा सामान्य वदली रहने अनुमान गरेको छ । विभागले आगामी दिन दिनको मौसममा गरेको पूर्वानुमान अनुसार तीन दिनै उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातसहतिको वर्ष हुने सम्भावना औल्याएको छ ।

ताउ-ते को प्रभावले सगरमाथा क्षेत्रमा भने हाल अल्का हिमपात भएपनि मौसम भने सामान्य रहेको छ । सगरमाथामा आधार शिविरमा रहेको सम्पर्क अधिकृत श्रेष्ठका अनुसार मौसम सामान्य रहेको र आरोहीले आरोहण गतिविधि नगरी जहाँ पुगेका छन्, त्यहीँ बसिरहेको जानकारी पनि दिए ।

अहिले हिमाल आरोहणको सिजन हो । विभिन्न हिमाल अरोहण गर्न ८५ टोलिका ७४२ आरोही विभिन्न १६ वटा हिमालका लागि गएका छन् । हिमाल आरोहणको सिजनमा आएको यो ताउ–तेका कारण आरोहण गतिविधिमा असर पार्ने चिन्ता पनि गरिएको छ । सगरमाथामा नै अहिले २५० भन्दा बढी आरोही आरोहणको तयारीमा छन् ।

सन् २०२१ को वसन्त ऋतुका लागि सगरमाथा आरोहणमा गएका आरोहीमध्ये करिब १५० जनाले सगरमाथा आरोहण गरेको अनुमान गरिएको छ भने अझै २५० जना आरोही अरोहणको तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले जानकारी दिएको छ ।

पहिलो चरणमा १५० ले सगरमाथा चढे अब दोस्रो चरणको तयारीमा 
सन् २०२१ को वसन्त ऋतु लागि जारी भएको सगरमाथा आरोहण गर्न अनुमति लिएका विभिन्न ४३ टोलिका ४०८ आरोही छन् । यी आरोहीमध्ये मौसम अनुकुल भएका कारण पहिलो चरणमा यही मे ११ देखि १३ तारेसम्ममा करिब १५० जनाले आरोहण गरेको अनुमान गरिएको छ ।

पर्यटन विभागकी प्रवक्ता मीरा आचार्यका अनुसार आरोहण अनुमान गरिएका सबैले सफल भएका भन्ने हुँदैनन् । उनी भन्छिन्, ‘आरोहण गतिविधि सकेर फर्केपछि र आवश्यक प्रमाण जाँच गर्नेसहितको डी ब्रिफिङपछि मात्रै कसले आरोहण गरे र कसले गरेनन् भन्ने जानकारी आउने छ हाललाई भने अनुमान गर्दा ५० जना भन्दा २० जना पनि नभएको हुनसक्छ ।’

विभागका अनुसार यो सिजनको लागि मे महिनाभरलाई आरोहण अनुमति जारी भएको हुन्छ । आरोहीले आरोहणमा जान पाउने र जारी हुने समय ७५ दिनको भएपनि ढिलो आउनेले पनि यो सिजनको लागि जति दिन बाँकी हुन्छ त्यति नै समय पाउँने हुन्छन् । अप्रिल अन्त्यमा आउनेले एक महिनाको मात्रै समय पाउने र सो भन्दा अगाडि आउनेले बढी समय पाउने भन्ने हुन्छ ।

यो सिजनको लागि मे अन्तिमसम्म आरोहण अनुमतिको समय भएकोले त्यसपछि आरोहण गर्न नसक्ने टोलि फर्कनुपर्ने कानूनी व्यवस्था रहेको छ । विभागले कानूनी आधार हेरर अनुमति दिने र सोही अनुसारको समयसीमा भित्र आरोहण गरेर फर्कनुपर्ने समयसीमा तोकेको हुन्छ ।

सगरमाथा आरोहणका लागि अब दोस्रो चरणको तयारी यही मे २१ देखि २३ सम्मलाई भएको छ । सोही अनुसार समय आरोही आधार शिविरभन्दा माथि गएका छन् । हाल २५० भन्दा बढी आरोहण क्याम्प टु भन्दा माथि पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मौसम अनकुल भएको समयमा आरोही अगाडि बढ्ने काम जारी छ । तेस्रो चरणको आरोहणको लागि भने मे २७ देखि २९ तारेखसम्मको समय निर्धारण भएको छ । सो सममयमा मौसम खुल्ने अनुमान गरिएकोले आरोहीले पनि सोही अनुसार तयारी गरिरहेका छन् । 

Advertisement

Advertisement