उद्योग-व्यवसाय पुनः महामारीको चपेटामा, अर्थतन्त्र चलायमान चुनौतिपूर्ण

Advertisement

काठमाडौं । कोरोना महामारीका कारण २० प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा हुन नसक्दै फेरि दोस्रो चरणको महामारीले आर्थिक क्षेत्र ठप्प हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन अनुसार कोभिड सुरु हुनु अगाडि सञ्चालनमा आएका उद्योग व्यवसाय कोभिड सुरु भएपछि बन्द हुन पुगेको, कम क्षमता सञ्चालन नभएका र सञ्चालनमा नै आउन नसकेको अवस्थामा पुगेको थियो ।

कोरोना महामारी अगाडि सञ्चालन भएका उद्योग कोरोना सुरु भएपछि असार २०७७ मा ६१ प्रतिशत सञ्चालनमा आउन सकेका थिए । यस्तो उद्योग सञ्चालनको अवस्थाको बारेमा ५–१४ वैशाख २०७८ मा नेपाल राष्ट्र बैंकले गरेको दोस्रो पुनरावृत्ति सर्वेक्षण अनुसार ८१.२ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आइकेका थिए ।

Advertisement

कोरोनाको दोस्रो लहरका कारण १६ वैशाखदेखि फेरि सुरु भएको निषेधाज्ञाले २० प्रतिशत उद्योग व्ययवसाय सञ्चालनमा नै नआइ पुन समस्यामा पर्न गएको प्रतिवेदनले औल्याएको छ । प्रतिवेदन अनुसार औद्योगिक वर्गीकरण अनुसार कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा व्यवसाय सञ्चालनको अवस्था विद्युत्, ग्यास तथा पानी र सञ्चारमात्रै सत् प्रतिशत सञ्चालनमा आएको छ । यी उद्योग पूर्ण सञ्चालनमा आइसकेको अवस्थामा पुगेको छ भने सबैभन्दा कम सञ्चालनको अवस्थामा खानी तथा उत्खनन उद्योग ६० प्रतिशत मात्रै छ ।

राष्ट्र बैंकका अनुसार गत २०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आउन थालेको थियो । कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग/व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ बैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको देखिएको भएपनि अब फेरि अर्थतन्त्र समस्यातर्फ थकेलिन लागेको सर्वेक्षणमा प्रतिवेदनले औल्याएको छ  ।

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन÷कारोबार रहेकोमा २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोवारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरु भन्दा सवैभन्दा कम भएको उल्लेख छ ।

हाल कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरूमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने अध्ययन प्रतिवेनको निष्कर्ष छ । कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनु पर्ने खाँचो रहेको पनि प्रतिवेदनले औल्याएको छ ।


 

Advertisement

Advertisement