कामचलाउ सरकारको पपुलिष्ट बजेट, महामारीमा चुनाव केन्द्रित लोकरिझ्याइँ

Advertisement

काठमाडौं । कामचलाउ सरकारले चुनावसमेत घोषणा गरिसकेको अवस्थामा मतदाता रिझाउनेदेखि नागरिकलाई सस्तो लोकप्रियतासम्मको बजेट ल्याएको छ । कामचलाउ भएको सरकारले पूर्ण बजेट नै ल्याउन नपाउने भन्दै चौतर्फी दाबावकाबीच पनि सरकारले पपुलिष्ट बजेट घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठ (शनिबार) अध्यादेशमार्फत सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट गत वर्ष वर्ष १ खर्ब ७३ अर्ब रुपैयाँले बढाएको छ । महामारीकाबीच सबै क्षेत्रलाई समेटेर बजेट आउनु सकारात्मक भएपनि चुनाव घोषणा गरेको सरकारले चुनावी बजेट ल्याएर लोकरिझ्याइँको नारा अगाडि सारेको पूर्व अर्थ सचिव शान्तराज सुवेदीले बताए ।

Advertisement

उनले भने ‘बजेट लोकप्रिय र वितरणमुखी नै आयो । राष्ट्र सेवकदेखि युवा पुस्ता, उद्योगी व्यवसायीसम्मलाई छोएको छ भने नयाँ आयोजना पनि थप्नुका साथै उपत्यकामा पनि पूर्वाधार बनाउने योजना बजेटमा आउको छ ।’ सुवेदी भन्छन्, ‘यसले बजेट सकारात्मक देखिए पनि वितरणमुखी र सबैलाई रिझाउने गरी ल्याएको बजेटले दीगो आर्थिक बृद्धि र दीर्घकालिन रूपमा मुलुकलाई दायित्व सिर्जना गर्ने खालको बजेट भने नभएको सुवेदीले बताएका छन् । उनले भने ‘अर्थतन्त्रलाई अगाडि बढाउन र दीगो र आर्थिक वृद्धि गर्नमा राजनीति मिसिएर आएको बजेटले खासै मुलुकको दीर्घकालिन विकासमा सहयोग पुर्याउँन सक्दैन् ।’ 

सरकार निर्वाचनमा जाँदै छ यस्तो  वेलामा आएको बजेट विगतको चुनावमा घोषण घोषणापत्रको कार्यान्वयन जस्तो मात्रै पनि देखिएको छ । कोभिड  महामारीमा राहत दिएको, कर्मचारीको तलव बढाएको, सामाजिक सुरक्षा भत्ता बढाएकोसहितको काम राम्रो हो । यस्तो कार्य अब संविधान सभा पुनस्थापन भएपनि र जुनसुकै सरकार आएपनि हटाउन नसक्ने पक्षमा छ । बाँकी विषय सुन्दा र हेर्दा गज्जव भएपनि महामारीमा मितव्ययिता निर्देशिका पालना गर्ने र आयोजना कार्ययोजना गर्न भने उपयुक्त बजेट आएन् । 

सरकारको यो बजेट विकास मुखी मात्र नभएर बिचारी मुखी भएको नबिल बैंकको डेपुटि सिईओ मनोज कुमार ज्ञवाली बताउछन् । उनी भन्छन्, ‘सरकारले आफूलाई बचाउने खालको बजेट ल्याएको छ । सरकारले बजेटमा यो पनि गर्ने त्यो पनि गर्ने भनेर समावेस गरेको छ ।

त्यसकारण सरकारको बजेट योजना गरेर बनाएको चुनावी घोषणपत्र जस्तै छ ।’ सरकारको बजेट बैंकिङ क्षेत्रको लागि खासै केहि नल्याएको भएता पनि बैंकिङ क्षेत्रका ग्राहकलाई भने केहि सहुतियतका कुराहरु समेटेको उनी बताउछन् ।

यता बैंकर संघका अध्यक्ष तथा सानिमा बैंकका अध्यक्ष तथा सानिमा बैंकका कार्यकारी अधिकृत भुवन दाहाल पनि बजेटमा धेरै योजनाहरु ल्याएको बताउछन् । उनको बिचारमा कोरोना महामारीको समयमा आएको वजेट महत्वकांक्षी रहेको छ । यस्तै, बजेट कार्यनयनमा पनि ठूलो चुनौति रहेको उनी बताउछन् ।

यस्तो बजेटको पूर्ण पाठ

Advertisement