लाभांश वितरण क्षमतामा सबैभन्दा अब्बल मुक्तिनाथ, अरु विकास बैंकहरू कस्ता ? (वित्तीय विश्लेषण)

Advertisement

काठमाडौं । असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै लाभांश क्षमता भएको विकास बैंकमा मुक्तिनाथ विकास बैंकको रहेको छ । यस बैंकको वितरणयोग्य नाफा ६२.७० प्रतिशतले बढेर एक अर्ब १५ करोड नौ लाख ७९ हजार रुपियाँ पुगेको छ । 

मुक्तिनाथले अघिल्लो आर्थिक वर्षमा ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगत लाभांश वितरण गरेको थियो । यो बैंकले आर्थिक वर्ष २०६८–६९ देखि लगानीकर्तालाई निरन्तर लाभांश वितरण गरिरहेको छ । 

Advertisement

गएको आर्थिक बर्षमा सबैभन्दा धेरै वितरणयोग्य नाफा बढाउन सफल विकास बैंकमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । यस बैंकले असार मसान्तसम्म वितरणयोग्य नाफा ४७१.१४ प्रतिशतले बढाएर नौ करोड ९६ लाख ६९ हजार रुपियाँ पुर्याएको छ । 

सप्तकोशीले आर्थिक वर्ष २०७६–७७ मा कुनै पनि लाभांश वितरण गरेको छैन् । उक्त आर्थिक बर्षअघिका पाँच आर्थिक वर्षमा भने बैंकले लगानीकर्तालाई बोनस तथा नगद लाभांश वितरण गरेको थियो । 

अघिल्लो आर्थिक वर्षसम्म सबैभन्दा धेरै लाभांश बाड्ने विकास बैंक कामना सेवा विकास बैंक पनि हो । यस बैंकले अघिल्लो आर्थिक वर्षमा नगद र बोनस सेयर गरि २१ प्रतिशत लाभांश दिएको थियो । यस्तै, लुम्बिनी विकास बैंकले पनि अघिल्लो आर्थिक वर्षमा आफ्ना लगानीकर्तालाई नगद र बोनस गरि १५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

गएको असार मसान्तसम्म १३ विकास बैंकको वितरणयोग्य नाफा बढेको छ । यस अवधिसम्म नारायणी डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा नोक्सानमा छ । अघिल्लो वर्षहरुमा पनि यस बैंकले लगानीकर्तालाई कुनै लाभांश वितरण गरेको छैन् ।

कुन बैंकको वितरण योग्य नाफा कति (रु. हजारमा) 

Name of bank Distributable Proft/Loss 2078 Distributable P /L 2077 Change in%
Jyoti  603034 149413 303.33
Lumbini  379793 183940 106.47
Kamana sewa  434521 -137419 0
Mukthinath  1150979 707405 62.7
Sangrila 288393 85816 236.06
Garima  605712 342419 76.89
Maha laxmi  533855 203231 177.44
Sine resunga  378957 332246 14.05
ShaptaKoshi  74494 13043 471.14
Excel development  99669 17888 457.18
Miteri  125392 120289 4.24
Sindhu  bikas 20828 -5586 0
Green development  0 0 0
Karnali  36812 -17267 0
Narayani  -218306 0 0
Corporate  0 0 0
Sahara 0 0 0

नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा सेयर कारोबार भइरहेका १७ विकास बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक छन् । वित्तीय विवरण सार्वजनिक गर्ने अधिकांश विकास बैंकको प्रमूख सूचकहरु खुद नाफा, खुद ब्याज आम्दानी, प्रतिसेयर आम्दानीलगायतमा सुधार भएको छ । 

यसअवधिमा चुक्ता पुँजी, खुद ब्याज आम्दानी तथा खुद नाफामा जस्ता सूचकमा मुक्तिनाथ विकास बैंक अगाडि देखिन्छ । केही जिल्लास्तरीय विकास बैंकको प्रमूख सूचकहरु भने घटेका छन् । हाल नेप्सेमा सूचीकृत १८ विकास बैंकले आठ राष्ट्रियस्तरका छन् । बाँकी १० वटा विकास बैंक एकदेखि सात जिल्लासम्म कार्यक्षेत्र विस्तार गरेर कारोबार गरिहेका छन् ।

Advertisement