साप्ताहिक सेयर समीक्षाः नेप्सेमा १६८ अंकको गिरावट, आगामी हप्ता कस्तो रहला ?

Advertisement

काठमाडौं । यो साता चार दिन खुलेको सेयर बजारमा सेयर बजार परिसुचक १६८ अंकले गिरावट भएको छ । एक दिन २ अंकले नेप्से बढे पनि बाँकी तीन दिन ५० देखि ७० अंकले घट्यो । साताको अन्तिम दिन बिहीबार नेप्से दुई हजार नौ सय नजिक आइपुगेको छ । 

सेयर बजारमा भारी गिरावट हुँदा नेप्से डेढ महिना अघिको अंकमा आइपुगेको छ । यसअघि साउन ३ गते सेयर बजार दुई हजार ९८० अंकमा पुगेको थियो । साताको अन्तिम दिन कारोबार रकम पनि अघिल्ला दिनहरूमा भन्दा घटेको छ । अघिल्ला दिनहरूमा १० अर्ब रुपियाँभन्दा धेरैको कारोबार हुने गरेकोमा बिहीबार साढे नौ अर्ब रुपियाँ मात्र कारबार भयो । 

Advertisement

धेरै कमाउने छ कम्पनी 
यस साता सबैभन्दा धेरै कमाउने छ वटा कम्पनीहरू मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स, कर्णाली डेभलमेन्ट बैंक, नारायणी डेभलमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स प्रमोटर सेयर र नबिल ब्यालेन्स्ड फन्ड छन् । मनकामना स्मार्टको भाउ सबैभन्दा धेरै २८ दशमलव ७४ प्रतिशतले बढेको छ । त्यसपछि, चन्द्रागिरी हिल्स छ दशमलव ६४ प्रतिशत र कर्णाली विकास बैंकको भाउ पाँच दशमलव ३० प्रतिशतले बढेको छ ।

धेरै गुमाउने छ वटा कम्पनी 
यस हप्ता सबैभन्दा धेरै गुमाउने छ वटा कम्पनीहरू आइसीएफसी फाइनान्स, माउण्टेन इनर्जी, बरुण हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्ट्रल फाइनान्स र माउण्टेन हाइड्रो पावर कम्पनी रहेका छन् । आईसीएफसी फाइनान्सको भाउ सबैभन्दा धेरै १७ दशमलव ०८ प्रतिशतले घटेको छ । त्यसपछि, माउण्टेन इनर्जीको १६ दशमलव ३४ प्रतिशत र बरुण फाइनान्सको १५ दशमलव ९५ प्रतिशतले घटेको छ ।

दैनिक कारोबार रकम कुन दिन धेरै ?
यो हप्ता सेयर बजारमा कारोबार रकम पनि क्रमशः ओरालो लागेको छ ।  । साताको पहिलो दिन आइतबार सबैभन्दा धेरै १५ अर्ब ६५ करोड रुपियाँको सेयर खरिदबिक्री भएको थियो । बिहीबार भने सबैभन्दा कम नौ अर्ब ३५ करोड रुपियाँको मात्रै सेयर खरिदबिक्री भएको छ । यस साता औसतमा दैनिक ११ अर्ब ९४ करोड रुपियाँको सेयर खरिद बिक्री भएको देखिन्छ । 

कुन समूहमा कति अंकको गिरावट ? 
यो साता एउटाबाहेक सबै समूहको सेयर मूल्यमा गिरावट आएको छ । होटल तथा पर्यटन समूहको सेयर मूल्य थोरै बढे पनि बाँकी समूहमा भने गिरावट भएको छ । सबैभन्दा बढी जलविद्युत समूहमा नौ दशमलव ५७ प्रतिशतको गिरावट आएको छ । त्यसपछि, वित्त समूहमा आठ दशमलव ७१ प्रतिशत र विकास बैंक समूहमा आठ दशमलव २२ प्रतिशत गिरावट आएको छ । होटल समूह भने एक दशमलव १९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ  ।

यो पनि पढ्नुहोस्ः 

सेयर बजार विश्लेषकहरूलाई प्रश्न– नेप्से फेरि ११ सय अंकमा फर्किन लागेको हो र ?

 

Advertisement