दश बर्षको बैंकहरूको लाभांश समीक्षाः नबिल उत्कृष्ट, प्रभुको दयनीय, अरु बैंकको कस्तो ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले गएको १० वर्षमा औसतमा १८.०४ प्रतिशत लाभांश वितरण गरेको देखिएको छ । यस अवधिमा औसतमा सबैभन्दा धेरै लाभांश दिनेमा बैंकमा नविल पहिलो रहेको छ । यो बैंकले औसतमा ४५.३१ प्रतिशत लाभांश वितरण गरेको छ । 

नबिल बैंकले आर्थिक वर्ष २०६६–६७ देखि २०७६–७७ सम्म क्रमशः ७० प्रतिशत, ३० प्रतिशत, ६० प्रतिशत ६५ प्रतिशत, ६५ प्रतिशत, ३४.८४ प्रतिशत, ४५ प्रतिशत, ४८ प्रतिशत, ३४ प्रतिशत, ३४ प्रतिशत र ३५.२६ प्रतिशत लाभांश वितरण गरेको छ । नविलले आर्थिक वर्ष २०७७–७८ को लाभांश घोषणा गर्न बाँकी छ ।

Advertisement

नबिलपछि धेरै लाभांश बाड्ने बैंक स्टान्र्डर्ड चाटर्ड छ । यस बैंकले १० वर्षको अवधिमा औसतमा ४४.७९ प्रतिशत लाभांश दिएको छ । यो १० वर्षमा सबै न्यून लाभांश वितरण गर्ने बैंकमा प्रभु बैंक र नेपाल बैंक रहेका छन् । यी बैंकले १० वर्षमा औसतमा क्रमशः ३.५८ प्रतिशत र ४.१० प्रतिशत लाभांश वितरण गरेका छन् । यी दुई बैंकले लामो समयसम्म लाभांश वितरण गर्न नसकेकाले तल परेका हुन् । 

प्रभु बैंकले आर्थिक वर्ष २०७४–७५ देखि आफ्ना लगानीकर्तालाई लाभांश वितरण सुरु गरेको हो । यस बैंकले उक्त आर्थिक वर्षमा लगानीकर्तालाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ०.४२ नगद लाभांश गरि ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ मा लगानीकर्तालाई क्रमशः १६.८४ प्रतिशत र १०.५३ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले गत आर्थिक वर्षको लागि भने लाभांश कति दिने ? भनेर घोषणा गरिसकेको छैन् ।

दश बर्षमा लाभांश न्यून दिने दोस्रो वाणिज्य बैंक नेपाल बैंक छ । यस बैंकले आर्थिक वर्ष २०७५–६७ देखिमात्र लगानीकर्तालाई लाभांश वितरण गरेको देखिन्छ । नेपाल बैंकले उक्त आर्थिक वर्षमा लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०७६–७७ मा १२ प्रतिशत बोनश र ४ प्रतिशत नगतसहित १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस बैंकले गएको आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेको छैन् । 

दश वर्षको अवधिमा औसतमा ५ प्रतिशतभन्दा माथि ६ प्रतिशतभन्दा कम लाभांश वितरण गर्ने बैंक सिभिल र सञ्चुरी छन् । यी बैंकले १० वर्षको अवधिमा औसतमा क्रमशः ५.४२ प्रतिशत र ५.९७ प्रतिशत लाभांश दिएका छन् । यी दुबै बैंकले गएको आर्थिक बर्षको लाभांश वितरण कति गर्ने ? भनेर घोषणा गरिसकेका छैनन् । 

छ प्रतिशतभन्दा माथि सात प्रतिशतभन्दा कम औसतमा नाफा दिने बैंक जनता बैंकसमेत थियो। यस बैंकले आर्थिक वर्ष २०७८–६९ देखि २०७५–७६ सम्म औसतमा ६.६३ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७६–७७ देखि भने यो बैंक ग्लोबल आईएमई बैंकसँग मर्ज भएर संयुक्त कारोबार गरिरहेको छ ।

मेगा बैंकले १० आर्थिक वर्षभित्र औसतमा ८.९५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । यस बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०६९–७० देखि लाभांश वितरण गर्दै आएको छ । मेगाले आर्थिक वर्ष २०७७–७८ को लाभांश भने घोषणा गर्न बाँकी छ । 

दुई बैंकले विगत १० आर्थिक वर्षदेखि हालसम्म औसतमा १० देखि ११ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्दै आएका छन् । माछापुच्छ्रे र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी)ले १० वर्षको अवधिमा औसतमा क्रमशः १०.२७ प्रतिशत र १०.५४ प्रतिशत लाभांश वितरण गरेका छन् । माछापुच्छ्रेले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । 

शेयर बजारमा लामो समयको लगानी गर्ने लगानीकर्ताले कम्पनीहरूको लाभांश वितरणको प्रवृत्ति हेर्ने गर्छन् । अहिले वाणिज्य बैंकहरूले धमाधम लाभांश घोषणा गर्ने क्रम चलिरहेको छ । आर्थिक वर्ष सुरू भएको ६ महिनाभित्र लाभांश पारित गरिसक्नुपर्ने व्यवस्था भए पनि हालसम्म जम्मा ४ वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । १४ वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकसमक्ष पेश गरिसकेको जनाएका छन् । 

वाणिज्य बैंकहरूको औसत लाभांश सूची यस्तो छः 



 

Advertisement