विदेश घुम्न जानेको डलर सटही सीमा संशोधन, विकास बैंकको सटही अधिकार खोसियो

Advertisement

काठमाडौँ । गृह मन्त्रालयले खाडी मुलुक, सार्क राष्ट्र, थाइल्याण्ड, मलेसिया घुम्न जाँदा २५० डलर मात्रै साट्न पाइने व्यवस्था गरेको छ । गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिस्तरीय निर्णय गर्दै डलरको सीमा घटाएको हो । 

यसअघि विदेश घुम्न जाने सबैलाई पाँच सय डलर सुविधा रहेकोमा खाडी मुलुक, सार्क राष्ट्र, थाइल्याण्ड, मलेसिया जाँदा कम मात्रै डलर दिने गरी अध्यागमन कार्यविधि २०६४ संशोधन गरिएको हो । बाँकी मुलुकको हकमा भने पाँच सय डलर नै कायम छ । 

Advertisement

विदेश घुम्न जानेका लागि विदेशमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको कागजात भएमा डलर साथमा राख्न पाइने व्यवस्थालाई वैकल्पिकमा राखिएको छ । यसअघि विदेश जाँदा सबै मुलुकमा अनिवार्य रुपमा न्यूनतम पाँच सय डलर साथमा राख्नुपर्ने प्रावधान थियो । 

विदेशी मुद्रोको संचिति  घटेर शोधनान्तर स्थिति ऋणात्मक भएपछि यस्तो निर्णय गरिएको हो । पछिल्लो समयमा विप्रेषण आयमा पनि निकै कमी आएको अवस्था छ । यस्तो सीमा घटाउन नेपाल राष्ट्र्र बैंकले अध्यागमन विभागलाई आग्रह पनि गरेको थियो । 

यसरी विदेश जानेले वाणिज्य र विकास बैंकबाट विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था रहेकोमा अब ‘क’ वर्गका बैंक (वाणिज्य)बाट मात्रै मुद्रा सटही गर्न पाइने व्यवस्था गरिएको छ । मुद्रा सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर आम्दानीको स्रोत समेत खुलाउनु पर्नेछ ।

Advertisement

Advertisement