विदेशी मुद्रा आर्जन गर्ने कम्पनीलाई ५० लाखसम्मको बैंक ग्यारेन्टी जारी गर्न पाइने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा ऋण लिने कम्पनी वा संस्थालाई नेपाली बैंकहरूले ५० लाख वा सो बराबरको विदेशी मुद्राको बैंक ग्यारेन्टी जारी गर्न पाउने व्यवस्था गरेको छ । यस्तो सीमा बैंक ग्यारेन्टी वा स्ट्याण्डबाई लेटर अफ क्रेडिटको निवेदनको पछिल्ला पाँच आर्थिक वर्षभित्र बैंकिङ प्रणालीबाट आम्दानी गरेको कुल विदेशी मुद्राभन्दा बढी हुन नहुने उल्लेख छ । यस्तो बैंक ग्यारेन्टी विदेशमा लिइने ऋण रकमभन्दा बढी हुन नहुने पनि उल्लेख छ ।

राष्ट्र बैंकले गरेको यो व्यवस्था विदेशी मुद्रा आम्दानी गरेको नेपाली फर्म, कम्पनी, संस्था, संघ, निकायलाई मात्रै लागू हुने उल्लेख गरेको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको एकीकृत परिपत्र २०७६ संशोधन गरेर उक्त निर्देशिका जारी गरेको हो । राष्ट्र बैंकले विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ अनुसार उक्त परिपत्र जारी गरेको पनि उल्लेख छ ।

Advertisement

यस्तो बैंक ग्यारेन्टी लिने संस्थाले बैंक ग्यारेन्टी लिनुको औचित्य पुष्टि गर्नुपर्ने, करचुक्ता हुनुपर्ने, विदेशी मुद्रामा आम्दानीको विवरणपेश गर्नुपर्नेसहितको प्रावधानसहितको सर्त तोकिएको छ । 
 

Advertisement

Advertisement