नागरिक लगानी कोषको कार्यालय भवन निर्माण सम्पन्न भई हस्तान्तरण

Advertisement

काठमाडौ । नागरिक लगानी कोषको नवनिर्मित भवन शहरी विकास तथा भवन निर्माण विभागले कोषलाई हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । 

कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्वपट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवन निर्माण सुरु गरिएको थियो । कोषले विभागसँग गरेको सम्झौता अनुसार करिव ९० करोड रुपियाँ लगानीमा भवन बनाउन जिम्मा दिएकोमा विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जेभीलाई ठेक्का दिएको थियो । 

Advertisement

शर्मा रोशन कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरे । 

उक्त भवनको निर्माण पश्चातको हस्तान्तरण कार्यक्रम कोषका कार्यकारी निर्देशक नेपालले कोभिड–१९ को संक्रमण कालिन अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र द्रुत गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीलाई धन्यबाद दिए । उनले नवनिर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने धारणा राखे । 

विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालिन अवस्थामा पनि सरकारीस्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी ब्यक्त गरे । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, बिभागीय प्रमुखद्धय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल एवं बिभागका तर्फबाट उप–महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, मचाकाजी श्रेष्ठ एवं निर्माण कम्पनीका प्रतिनिधिहरु सहभागी थिए । 

Advertisement

Advertisement