Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले अमेरिकामा जस्तै नेपालमा पनि बैंक वित्तीय संस्था टाट पल्टिने स्थिति आयो भने पनि पाँच लाख रुपियाँसम्मको निक्षेप कोषले निक्षेपकर्तालाई फिर्ता गर्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले यदि नेपालमा पनि बैंक वित्तीय संस्था धरासायी हुँदा पाँच लाख रुपियाँसम्मको सुरक्षण कोषले गर्ने बताउँदै सो बराबरको सुरक्षणको रकम फिर्ता गर्न कोषसँग भएको पैसा नभए पनि सरकारले नै फिर्ता गर्ने बताए । 

Advertisement

घिमिरेले भने, ‘वित्तीय संकट आउनसक्छ भन्ने दृष्टिले नै कोष स्थापना भएको हो । अमेरिकामा जसरी नेपालमा पनि बैंकहरु धरासायी भइरहेका छन्, त्यो स्थिति नेपालमा पनि आयो भने सर्वसाधारण जनताको निक्षेपको सुरक्षा गर्न सकौं भनेर कम्तिमा पाँच लाख रुपियाँसम्मको निक्षेप सुरक्षण गरिएको छ । त्यति बराबरको रकम प्राकृतिक व्यक्तिले बैंक वित्तीय संस्थामा खाता खोलेर राखेको पैसा यदि बैंक डुब्यो भने पनि हामी फिर्ता गछौं । त्यसको लागि हाम्रो कोष छ । कोषले धानेन भने पनि सरकारबाट तरलताको व्यवस्था गरेर त्यो दायित्व हामी निर्वाह गछौं ।’ 

तर अमेरिकामा जस्तो बैंकहरु धरासायी भइहाल्ने अवस्था भने नेपालमा नरहेको उनले बताए । बैंक धरासायी हुने कुरा अमेरिका र नेपालको सन्दर्भ नमिल्ने घिमिरेको भनाई छ । नेपाल राष्ट्र बैंकको नियमन प्रणालीका कारणले नै सजिलै नेपालका बैंकहरु डुब्ने अवस्था नरहेको उनले तर्क गरे । घिमिरेले नेपालमा बैंक डुब्नुभन्दा अगाडि जोगाउन सकिने धेरै किसिमका उपकरणहरु रहेको बताए । 

माथि भिडियोमा थप​ कुराकानीः

Advertisement

Advertisement