शेयर बजारमा महिला लगानीकर्ताको आकर्षण: आयआर्जन गर्न कत्तिको सजिलो ?

Advertisement

काठमाडौं । पछिल्लो समय शेयर बजारमा भित्रिने महिला लगानीकर्ताको संख्या उल्लेखनीय रुपमा बढेको छ । शेयर बजारमा रमाइरहेका महिलाहरू अन्य क्षेत्रले भन्दा यो क्षेत्रले आफूलाई आर्थिक रूपमा अब्बल बनाउन सफल भएको सुन्दै आएका छौं ।  

अवसर सँगसँगै जोखिमले भरिएको यो क्षेत्र हो । यसको यात्राको सुरुवात थोरै रकमबाट पनि गर्न सकिने हुन्छ । शेयर बजारमा महिलाहरुको आर्कषण बढ्नुको कारण यो आयआर्जन गर्न सजिलो काम भएकोले हो । घरमा बालबच्चा स्कुल पढाएर वा घरको कामसग संगै लगानीकर्ताले यस क्षेत्रमा लगानी गर्न सक्छन् ।

Advertisement

यसकारण पनि महिलालाई घरबाहिको काम भन्दा यो क्षेत्रको काम सजिलो भएर यस क्षेत्रमा उनीहरुको आर्कषण बढेको जानकारहरुको बुझाई छ । कुनै पनि उमेर वा पृष्ठभूमिको व्यक्तिले निर्बाध रूपमा जहाँ रहेर पनि शेयरसम्बन्धी कारोबार गर्न सकिने भएपछि शेयर बजारमा महिला उपस्थिति बढेको हो । 

कति छन् महिला लगानीकर्ता ?
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार नेपालमा हाल करिब ४५ लाख भन्दा धेरै डिम्याट खाता रहेको छ । त्यसमा करिब १८ लाख ८८ हजारभन्दा धेरै खातावाल महिला छन् । आर्थिक वर्ष २०७६÷७७ मा कुल खातावालमध्ये ३८.६ प्रतिशत महिलाको नामको खाता रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका एक अधिकारीले बताए । 

यो संख्या भने २०७७÷७८ बढेर ४१.८२ प्रतिशत र चालू आवको पछिल्लो दुई महिनामा यो क्रम बढेर ४२.२५ प्रतिशत पुगेको छ । मेरो शेयर खातामा पनि करिब ४५ प्रतिशत खाता महिलाको नाममा रहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको दाबी छ । यो संख्या हेर्दा अन्य क्षेत्रमा भन्दा शेयर बजारमा आवद्ध हुने महिला लगानीकर्ताको संख्या धेरै देखिन्छ । 

खातावाला सबै महिला शेयर बजारमा सक्रिय छन् त ? 
खाता वाता महिला ५० प्रतिशत भन्दा धेरै शेयर बजारमा सक्रिय रहेका छन्  । दोस्रो बजारमा लगानी गर्ने भन्दा पनि आईपीओमा लगानी गर्ने महिला लगानीकर्ताको संख्या उल्लेखनीय रुपमा रहेको बिभिन्न कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्या हेरेर पत्ता लगाउन थाहा पाउन सकिन्छ । 

यस्तै, दोस्रो बजारमा कारोबार गर्ने महिला लगानीकर्ताको संख्या पनि पछिल्लो समय उल्लेखनीय रुपमा बढेको छ । लगानीकर्ताको संगठन नै बनाए महिला लगानीकर्ताले संगठन ह्याकेका पनि छन् । लगानीकर्ता संगठन स्थापना गरेर नेपाल पुँजी बजार फोरमकी अध्यक्ष राधा पोखरेलले बिभिन्न जिल्लामा गएर शेयर बजारको बारेमा सचेतना मूलक कार्यक्रम पनि चलाउदै आएकी छन् । 

के–के  छन् चुनौति ?
ब्रोकरमा गएर कारोबार गर्नु पर्ने समयमा महिला लगानीकर्तालाई केहि समस्या भएता पनि पछिल्लो समयमा महिला लगानीकर्ताको त्यस्तो केहि समस्या नरहेको राधा पोखरेल बताउँछिन । उनी भन्छिन, ‘ब्रोकरमा  गएर कारोबार गर्दा मैले नै महिला प्रति गरिने नकारात्मक टिका टिप्पणीको सिकार हुनुपरेको थियो । म शेयर बजारमा प्रवेश गर्दा कलेज पढ्ने बिद्यार्थी थिएँ । मलाई सबै जनाले यस्तो फुच्चि पनि शेयर बजारमा भनेर गिज्ज्याउथे । तर, अहिले त्यस्तो समय छैन ।’

अहिले शेयर बजारमा बच्चादेखि लिएर बृद्धबृद्धा पनि लगानी गरिहेको उनको बुझाई छ । अहिले शेयर बजारका लगानीकर्तामा महिलाको मात्र छुट्टै समस्या नरहेको उनको बुझाई छ । उनी भन्छिन्, ‘अहिले जति पनि शेयर बजारमा समस्याहरु छन् त्यो सबैको साझा समस्या हो ।’

Advertisement