गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्टबीच व्यवसायिक साझेदारी सम्झौता

Advertisement

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.बीच बिहीबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

गरिमाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेनका तर्फबाट अध्यक्ष रमेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकलाई पुँजी बजारसंग सम्बन्धित सेवाहरु आवश्यकता अनुसार प्रदान गर्ने छ । 

Advertisement

यो व्यवसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थाहरुलाई पुँजी बजारमा सहज, सुरक्षित, र भरपर्दो रूपमा सेवाहरु प्राप्त गर्न सहयोग पु¥याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पु¥याउने छ भन्ने विश्वास आफूहरुको रहेको अध्यक्ष भट्टराईले बताए । 

पुर्व बैंकरलगायत विज्ञ व्यक्तिहरु संलग्न नेक्सजेन म्यानेजमेन्टले सम्पत्ति व्यवस्थापन लगायत व्यवसायिक परामर्शको कार्य गर्दै आएको छ । गरिमा क्यापिटल मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानूनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने योजना बनाएको छ ।
 

Advertisement

Advertisement